जेष्ठ २४, २०८२ शुक्रबार | ०३:३४:२६
सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी अन्तर्राष्ट्रिय फुटबलमा सृजनको डेब्यू खेल संघको राजनैतीक चपेटामा उसु खेलाडी हङकङ र नेपालबीचको पहिलो हाफ गोलरहित ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला कर्णाली लगातार दोस्रो खेलमा विजयी हङकङविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीकाे मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे

राजीनामा दिएका तामाङ पुनः महिला टिमको मुख्य प्रशिक्षक

काठमाडौं । प्रशिक्षक राजेन्द्र तामाङ फेरि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षक भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई अर्को महिना हुने फोर नेसन्स कपका लागि टोलीको जिम्मेवारी सुम्पिएको एन्फा स्रोतले जानकारी दियो ।

‘पुनः उहाँलाई नै प्रशिक्षकको रुपमा नियुक्ती पत्र दिइएको छ,’ एन्फा स्रोतले खेलाडी डटकमलाई बतायो।

गत कार्तिकमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेता भएपछि तामाङले जिम्मेवारीमा नरहने घोषणा गरेका थिए । फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले पत्रकार सम्मेलनबाटै टिमबाट अलग हुने निर्णय गरेका थिए । तर, प्रशिक्षक संघको अध्यक्ष समेत रहेका तामाङलाई एन्फाले पुनः जिम्मेवारीमा फर्काएको छ ।

‘उपाधि जित्न नसके पछि उहाँको प्रशिक्षणमा टोलीले राम्रो प्रदर्शन गरेको थियो । उहाँले आधिकारी नभई मौखिक रूपमा मात्रै राजिनामा दिनु भएकाले पुनःटोलीमा फर्काउने तयारी गरिरहेका छौं,’ एन्फा स्रोतले भन्यो ।

तामाङको प्रशिक्षणमा नेपाली टोली दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि नेपाल सन् २०२३ मा वाफ च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पनि पराजित भएको थियो ।

अब, अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपालले फोर नेसन्स कपमा म्यानमार, लेवनान र कीर्गिस्तानसँग दशरथ रंगशालामा खेल्दैछ । प्रतियोगिता फेब्रुअरी १७ देखि २६ सम्म हुँदैछ । 
 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II