पुस १२, २०८१ शुक्रबार | २०:५६:२२
किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ?

लुम्बिनी कपको सचिवालय उद्घाटन

सचिवालयको उद्घाटन गरिदै ।

नेपालगन्ज । लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सचिवालयको उद्घाटन गरे ।

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । 
नगर प्रमुख विष्टले लुम्बिनी कप महिला फुटबलले नेपालगन्जलाई फेरि राष्ट्रियस्तरमा चिनिने अवसर प्रदान गर्ने धाराण राखे ।

‘नेपालगन्जले देशभरमा खेलकुद क्षेत्रमा आफनो पहिचान बनाएको छ । नेपालगन्ज खेलकुदको हब हो । तर पछिल्लो समय खेलकुदको स्तर घटेको अनुभव भएको छ । यो प्रतियोगिताले नेपालगन्जलाई चिनाउने अवसर पनि हो । हामीसँग भएको स्रोत साधनको प्रयोग गरेर उत्कृष्ट नतिजा निकाल्ने प्रयास गर्नुपर्छ,’ नगर प्रमुख विष्टले भने ।

प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।  उनले भने ,‘कोभिड पछि नेपालगन्जले राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकेको थिएन । तर यो प्रतियोगिताबाट नेपालगन्जमा फुटबल गतिविधि बढेको छ । प्रतियोगितालाई सफल बनाउन संघको सम्पुर्ण टिम खटिनेछ ।’

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महत्वपुर्ण प्रतियोगिताको सुरुआत गर्न लागेको बताए । ‘यो प्रतियोगिता यस क्षेत्रलाई चिनाउने प्रतियोगिता हो । लुम्बिनी कप महिला फुटबल सफल बनाउन म सम्पुर्णलाई हार्दिक अपिल गर्दछु,’ शाहले भने ।

सचिवालय उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका निर्वतमान सदस्य सचिव भीम ओली, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर उमा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतको उपस्थिति थियो ।

 सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई व्यवस्थित ढंगले आयोजना गर्न सचिवालय प्रमुखको जिम्मेवारी रमेश मल्ललाई प्रदान गरिएको छ ।

सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मल्ल वरिष्ठ फोटोग्राफर पनि हुन् । यसैगरी वरिष्ठ पत्रकार निरजकुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19