काठमाडौं । मछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार सानदार सुरुआत गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रले हिमालयन शेर्पा क्लबविरुद्ध ५-० को सहज जित निकाल्यो ।
मछिन्द्रका लागि राहुलकुमार योञ्जनले दुई तथा मनिष नेपाली, सौगातकुमार बम्जन र मिलन बोहराले समान एक गोल गरे ।
खेलको २५औं मिनेटमा मनिषको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ३३औं मिनेटमा राहुलले टोलीको अग्रता दोब्बर बनाए ।
राहुलले ७८औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा सौगात र मिलनले गोल गर्दै मिछन्द्रलाई ५-० को सानदार जित दिलाए ।
शुक्रबारै सम्पन्न पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबविरुद्ध २-१ को जित दर्ता गर्यो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19