पुस २९, २०८१ सोमबार | २२:१६:२५
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन नेपाली फुटबल

भुटान अगाडि,नेपाल पछाडि

काठमाडौं । दक्षिण एसियाली महिला फुटबलमा एउटा रोचक तथ्य छ । जुन तथ्य अहिले सुन्दा, हो र ? जस्तो लाग्न सक्छ । त्यो हो, भुटानले नेपालको पोस्टमा एक गोल पनि गर्न सकेको छैन।

हो ! नेपालले भुटानको पोस्टमा २३ गोल गर्दा भुटानको नाममा एक गोल पनि थिएन । तर, नेपालको यो गौरवान्वित उपलब्धि अब विस्तारै कोसेढुंगा साबित हुँदै छ । यस्तो किन ?

केही वर्ष अगाडि सम्म सहजै पराजित हुने भुटानले पनि अब नेपाललाई दुःख दिन थालेको छ ।

१० दिनअघिसम्म माथिल्लो उमेर समूह यु-१८, यु-१९, यु-२० मा पनि भुटानको नाममा शून्य गोलसंख्या थियो । तल्लो उमेर समूह अर्थात यु–१५, यु-१६, यु-१७ मा भने भुटानले नेपालविरुद्ध दुई गोल गरेको थियो । तर, यो उपलब्धि तीन दिनभित्र तोडियो ।

यही पुस ५ र ७ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानको यु-१६ र यु-१९ टोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । यु-१६ श्रेणीमा नेपाल भुटानविरुद्ध एकपक्षीय रूपमा हाबी हुँदै आएको इतिहास छ । भुटानविरुद्ध नेपालको नाममा १७ गोल छ । तर, पुस ५ गतेको मैत्रीपूर्ण खेलमा भुटानले ५-१ को जित निकाल्दै नेपाललाई लज्जाबोध गरायो ।

लज्जाबोध हुनुमा दुई कारण थिए । एक महिला फुटबलमा भुटानविरुद्ध नेपालको यो पहिलो हार थियो । अर्को, पुरुष र महिला दुवैमा भुटानविरुद्ध सबैभन्दा धेरै गोल अन्तरको हार थियो यो । पाँच वर्षअघि हल्चोक मैदान, काठमाडौंमा भएको पुरुष साफ यु-१८ च्याम्पियनसिपमा नेपालले भुटानसँग ३-० को अप्रत्यासित हार बेहोरेको थियो ।

अब कुरा पुस ७ गतेको । यु-१९ उमेर समूहमा नेपालले भुटानविरुद्ध ९ गोल गरेको छ । जवाफमा भुटानले एक गोल पनि गर्न सकेको थिएन । मैत्रीपूर्ण खेलमा भुटानले नेपालविरुद्ध १-१ को ऐतिहासिक बराबरी खेल्यो । सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नेपाली टोली दुर्भाग्यजनक बराबरीको हकदार बन्नु परेको थियो । भाग्यले साथ दिँदो हो त भुटानले नेपालविरुद्ध सहज जित हासिल गर्थ्यो ।  भुटानविरुद्ध एकपक्षीय रूपमा राज गर्दै आएको नेपालको चुरीफुरी छिनभरमै कसरी विलीन भयो ?

यु-१९ महिला टोली । 

गत मार्चमा एन्फा मुख्यालय मैदानमा नेपालले साफ यु-१६ महिला च्याम्पियनसिपको आयोजना गरेको थियो । नेपाली टोलीको नेतृत्व मुख्य प्रशिक्षक चक्रबहादुर तामाङले सम्हालेका थिए । चार देशको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धतिमा खेलाइएको थियो । भूमिका बुढाथोकीको कप्तानीमा नेपाल तेस्रो स्थानमा रहँदै फाइनल चरण पुग्न असफल भएको थियो । लिग चरणमा नेपालले भुटानमाथि ३-० को सहज जित हासिल गरेको थियो ।

मैत्रीपूर्ण खेलका लागि भनेर एन्फाले दुई हप्ताअघिको समयावधि बाँकी रहँदा खेलाडी संकलन गरेर टोली तयार पारेको थियो । भुटानले भने यी खेलका लागि भनेर दुई महिना नियमित अभ्यास गरेको थियो ।

यसपलि एन्फाले मैत्रीपूर्ण खेलका लागि सुलभजंग राणालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । भूमिकाकै कप्तानीमा साफ खेलेको टोलीबाट एक परिवर्तनसहित २३ सदस्यीय टोली घोषणा गरिएको थियो । भुटानको पनि उही टोली थियो । तीन परिवर्तसहित भुटानले साफ खेलेकै टोलीलाई काठमाडौं ल्याएको थियो । तर, यसपालि भुटानको अर्कै स्वरुप देखियो । कहिल्यै नदेखिएको परिस्थिति सिर्जना भयो । भुटानले ५ गोल नै त हान्न कसरी सक्छ ?

नेपाली सिनियर टोलीका निवर्तमान मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, ‘पर्याप्त प्रशिक्षण नपाएका कारण यस्तो नतिजा आएको हो । साफ खेलेपछि सबै खेलाडी आराममा थिए । यो उमेर भनेको पढ्ने उमेर हो । फेरि नेपालमा उमेर समूहको लिग पनि त हुँदैन । म आफैं प्रशिक्षण गर्छु भन्ने कुरा पनि यो उमेरमा आउँदै आउँदैन ।’

मैत्रीपूर्ण खेलका लागि भनेर एन्फाले दुई हप्ताअघिको समयावधि बाँकी रहँदा खेलाडी संकलन गरेर टोली तयार पारेको थियो । भुटानले भने यी खेलका लागि भनेर दुई महिना नियमित अभ्यास गरेको थियो ।

दुई दिनपछि भएको यु-१९ मैत्रीपूर्ण खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन उस्तै रह्यो । मैदानमा खेलाडी फिटनेसमै संघर्ष गरिरहेका थिए । बल नियन्त्रण गर्न पनि उनीहरूलाई धौ–धौ भइरहेको थियो । एकाध खेलाडीबाहेक सबैजना खेल जित्नुपर्ने मनसायमै देखिएका थिएनन् । टोलीको नेतृत्व प्रशिक्षक यमप्रसाद गुरुङले गरेका थिए ।

हारपछि गुरुङको प्रतिक्रिया यस्तो थियो, ‘नेपाली खेलाडी कुरै बुझ्दैनन् । उनीहरूलाई व्यावसायिकताबारे थाहा नै छैन । खेलाडी भएपछि आफ्नो फिटनेसलाई कायम राख्नुपर्दैन ? तयारी अवस्थामा त हुनुपर्छ नि । व्यावसायिक खेलाडी भएपछि उनीहरूले बुझ्नुपर्छ । सबैतिर १०-१२ दिनअघि मात्र खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइन्छ,’ गुरुङ भन्छन्, ‘प्रशिक्षकले फिटनेसबाहेक अरू कुरामा पनि ध्यान दिनुपर्छ । फिटनेसमै काम गरिरहने हो भने खेल कहिले जित्ने ?’

नेपाल र भुटानको यु -१६ टोली प्रतिस्पर्धा गर्दै । 

उता भुटानी मुख्य प्रशिक्षक टंकमाया घले भने खुसी देखिइन् । उनले भनिन्, ‘महिला फुटबलकै लागि भनेर भुटानमा सबै उमेर समूहका लागि एकेडेमी छ । हामी भविष्यका लागि सोच्दै छौं । यसका लागि कडा मिहिनेत गरिरहेका छौं । अबको दिनमा हामीले सिनियरतर्फ साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्य बनाएका छौं । यसमा हामी आत्मविश्वासी पनि छौं ।’

यी दुई प्रशिक्षकको बोलीबाटै नेपाल र भुटानको फुटबल संरचनामा भएका भिन्नताका बारे छर्लङ्ग हुन्छ । दुई महिनाअघि मात्र नेपालले लगातार तेस्रो संस्करण साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेल्नुपरेको थियो । भुटानले लगातार दोस्रो संस्करण सेमिफाइनलमा स्थान सुरक्षित पनि गरेको थियो ।

‘एन्फामा नयाँ कार्यसमिति आएको साढे दुई वर्ष भइसक्यो । हामीले महिलाको सन्दर्भमा कुनै पनि ग्रासरुटको विकास गर्न सकेका छैनौं । भुटानको १४, १६ र १९ वर्षका खेलाडीको एकेडेमी छ । आउने दिनमा आवश्यक कदम चालेनौं भने भुटानले हामीलाई सहजै हराउने छ,’ सिनियर टोलीका निवर्तमान प्रशिक्षक तामाङको बुझाइ छ ।

महिला फुटबलमा नेपालको संरचना बलियो छैन । त्यसैले पनि खेलाडी व्यावसायिक बन्न नसकेको हो । जब देशमा फुटबलका गतिविधि नै हुँदैन भने खेलाडीले आफूलाई फिट राखुन पनि कसरी ? अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सबै राष्ट्रले कम्तीमा पनि १५ दिनअघि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँछ । दुई हप्ताको यो समय प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्न पर्याप्त हुन्छ ।

नेपालको हकमा भने प्रशिक्षणका लागि यो निकै कम समय हो । किनभने, अन्य राष्ट्रमा फुटबलको बलियो संरचना हुने गर्दछ । त्यही भएर खेलाडीहरू जहिल्यै फिटमा रहन्छन् । नेपालमा बल्ल तीन वर्षपछि महिला लिग सुचारु भएको छ । बलियो संरचना नहुँदा भुटान जस्तो तुलनात्मक रूपमा कमजोर मानिने राष्ट्रसँग पनि  नेपाल नतिजा सुम्पिन बाध्य भएको छ ।

‘एन्फामा नयाँ कार्यसमिति आएको साढे दुई वर्ष भइसक्यो । हामीले महिलाको सन्दर्भमा कुनै पनि ग्रासरुटको विकास गर्न सकेका छैनौं । भुटानको १४, १६ र १९ वर्षका खेलाडीको एकेडेमी छ । आउने दिनमा आवश्यक कदम चालेनौं भने भुटानले हामीलाई सहजै हराउने छ,’ सिनियर टोलीका निवर्तमान प्रशिक्षक तामाङको बुझाइ छ ।