काठमाडौं । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीबार मछिन्द्र फुटबल क्लबविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै २१ खेलमा ४२ अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएकाे छ । पराजित मछिन्द्र समान खेलबाट ३४ अंकका साथ पाँचौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिलान लिम्बुले दुई तथा दिवस राई र कृष्णबहादुर आलेले समान एक गोल गरे ।
खेलको २२औं मिनेटमा दिवसको गोलमार्फत संकटाले अग्रता लिएको थियो । ३४औं मिनेटमा दिलानले टोलीको अग्रता दोब्बर बनाए ।
कृष्णले ५९औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । १० मिनेटपछि नै दिलानले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-० को सहज जित दिलाए ।
बिहीबारै सम्पन्न पहिलो खेलमा एपिएफले आर्मीविरुद्ध ७-२ को जित निकालेको थियो ।
भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh