पुस १२, २०८१ शुक्रबार | ०४:२६:२७
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

विभागीय डर्बीमा एपिएफको सानदार जित

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगअन्तर्गत बिहीबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ७-२ को सानदार जित दर्ता गरेको छ । 

जितसँगै २१ खेलमा ३२ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ । पराजित आर्मी समान खेलबाट १८ अंकका साथ १०औं स्थानमा छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन साजन योञ्जन र सुनिल थिङले समान दुई तथा रोहित घले, किशोर गुरुङ र विवेक थारुले गोल गरे । आर्मीका लागि दुवै गोल रोहित श्रेष्ठले गरे ।

खेलको ३६औं मिनेटमा साजनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ५१औं मिनेटमा रोहितले टोलीको अग्रता दोब्बर बनाए ।

 एपिएफ र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

किशोरले ६२ र सागरले ७३औं मिनेटमा गोल गर्दा एपिएफ ४-० ले अगाडि बढ्यो ।

मौसम रोकायले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्मी १० खेलाडीमा समेटियो । ८१औं मिनेटमा रोहितले आर्मीका लागि एक गोल फर्काए ।

एपिएफले निर्धारित समयको अन्तिम तीन मिनेटमा तीन गोल गरेको थियो । ८७औं मिनेटमा सञ्जयले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा एपिएफल ५-१ ले अगाडि बढ्यो ।

दुई मिनेटपछि नै सागरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । अन्तिम मिनेटमा विवेकले गोल गर्दा एपिएफको अग्रता ७-१ मा पुग्यो ।

इन्जुरी समयमा रोहितले आर्मीका लागि व्यक्तिगत दोस्रो गोल गरे । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh