पुस १२, २०८१ शुक्रबार | ०५:४१:३३
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

ग्रासरुट फुटबल कार्यक्रमका लागि हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता

ग्रासरुट कार्यक्रम सञ्चालनका लागि सम्झौता हुँदै ।

काठमाडौं । ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबीच सम्झौता भएको छ ।

बिहीबार सम्झौता पत्रमा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बुढानिलकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ । यसबाट स्थानीय प्रतिभालाई पहिचान गर्दै उनीको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

सम्झौता अनुसार हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षक उपलब्ध गराउनुका सथै स्थानीय प्रशिक्षकको क्षमता बृद्धिका लागि सहयोग गर्नेछ ।

यसैगरी प्याब्सन बुढानीलकण्ठले नगरपालिकाभित्रका विद्यालयमा कार्यक्रम संचालन गर्न समन्वय र बालबालिकाको खेलस्तर वृद्धि गर्न विभिन्न प्रतिस्पर्धा र विकासमूलक गतिविधिको सञ्चालन गर्नेछ ।  

हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यो कार्यक्रमबाट युवा खेलाडी पहिचान गर्दै उनीहरुको क्षमता बृद्धिमा सहयोग पुर्‍याउने उदेश्य लिएको बताए । 

‘हामीले यो साझेदारीमार्फत नयाँ प्रतिभा पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ शेर्पाले भने ।  

यसैगरी प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले भने,‘यो कार्यक्रम बालबालिकाको समग्र व्यक्तित्व विकास र समुदायमा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ साबित हुनेछ ।’


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh