काठमाडौं । पूर्व कप्तान स्टेभ स्मिथले भारतविरुद्धको चौथो टेष्टमा सतक बनाएका छन् । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि मेलवर्न मैदानमा स्मिथले १६७ बलमा ९ चौका र २ छक्कासहित सतक बनाएका हुन् ।
दोस्रो दिनको खेल जारी रहँदा अस्ट्रेलियाले ७ विकेट गुमाउँदै ४५४ रन बनाएर खेलिरहेको छ । स्मिथ १३९ रनसहित क्रिजमा अविजित छन् । यसअघि ओपनरद्वय साम कोन्सटास, उस्मान खवाजा, मार्नुस लाबुस्चाग्नेले अर्धसतक बनाएका थिए । कप्तान प्याट कमिन्स ४९ रन बनाएर आउट भएका हुन् ।
३५ वर्षीय स्मिथको टेष्ट करियरमा यो ३४औं सतक हो । यसअघि उनले ४१ अर्धसतक बनाइसकेको छन् । पछिल्लो पटक ब्रिसवनमा भएको टेष्टमा पनि स्मिथले भारतविरुद्ध सतक बनाएका थिए ।
भारतको लागि जसप्रित बुमराहले तीन तथा रविन्द्र जडेजाले २ विकेट लिएका छन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19