काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी जारी भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा सोमबार चितवन भेट्रान, वानेश्वर फ्रेन्डसिप र फ्रिडम फाइटरले जित निकालेका छन् ।
मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो खेलमा चितवन भेट्रान्सले हिमालयन शेर्पा भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्यो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
दोश्रो खेलमा वानेश्वर फ्रेन्डसिपले महावीर क्लबलाई ४-० ले पराजित गर्यो । वानेश्वरका लागि हरिहर थापाले ह्याट्रिक गर्दा दिपेन्द्र चौधरीले एक गोेल थपे ।
तेश्रो खेल तथा अन्तिम खेलमा फ्रिडम फाइटरले संयुक्त अनुभवी क्लबलाई ६-१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्यले चार दीपक लामा र कृष्ण मालाकारले समान एक गोल गरे । संयूक्त अनुभवी क्लबका लागि रुद्रबहादुर खडकाले गोल गरे ।
प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी फुटबल क्लबले धरान सिटी, फाप्ला स्पोर्टस क्लबले किंगकम स्पोर्टस क्लब र एनआरटीले बगर भाइ खलकको सामना गर्नेछन् ।