असार १४, २०८२ शनिबार | १४:५२:२६
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

एन्फा नेतृत्वलाई ‘फू गरेर’ ढाल्न सक्ने पूर्व अध्यक्ष थापाको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहितको नेतृत्व ‘तासको घरमा बसेको’ र फूर्ति गरे ‘फू गरेर ढालिदिने’ भन्दै पूर्व अध्यक्ष गणेश थापाले चेतावनी दिएका छन् ।

फेसबुकको रिलमा भिडियो पोष्ट गर्दै थापाले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलायतको वर्तमान नेतृत्व फुटबललाई ‘ध्वस्त बनाउने’ काममा लागेको र राम्रो गर्न सुझाव दिँदा आफूलाई उल्टो धम्की दिएको आरोप लगाएका छन् ।

‘तपाईहरुलाई मैले एकदमै बुझ्ने भाषामा भन्छु । तपाईहरु अहिले तासको महलमा बस्नुभएको छ । खुब रमाइरहनु भएको छ । तर गणेश थापाले एकपटक फू गरिदियो भने तपाइहरु ढल्नुहुन्छ । यो सबै फुटबलसँग आबद्ध रहेका साथीहरुले बुुझ्दा हुन्छ । मसँग सम्पूर्ण प्रमाणहरु छन्,’ एन्फा नेतृत्वलाई सम्बोधन गर्दै थापाले भिडियोमा भनेका छन्, ‘र गणेश थापाले हामीलाई धम्की दियो भन्ने ठान्नुभएको छ भने यो धम्की नै सही । मेरो तपाइहरुलाई चुनौती छ, गणेश थापा फू गरेर हामीलाई ढाल्दे भन्नुस । प्रमाणसहित विभिन्न निकायमा पठाइदिएँ र पत्रकार सम्मेलनमा जानकारी गराएँ भने तपाईहरुलाइ कसैले पनि बचाउन सक्दैन ।’

एन्फा नेतृत्वले आफूलाई सिध्याइदिने धम्की दिएको थापाले भिडियोमा बताएका छन् । एन्फा प्रशासनमा नफर्किने पहिल्यै घोषणा गरिसकेको बताउँदै थापाले कसैले आफ्नो केही विगार्न नसक्ने दाबी गरे । उनले आफू कसैको विरोधमा भन्दा पनि नेपाली फुटबलको वर्तमान अवस्थाबाट चिन्तित रहेको र त्यही विषयमा आवाज उठाएको बताए ।

वर्तमान एन्फा नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त हुँदा सिस्नेरी एकेडेमीमा ६ बालकले अकालमा ज्यान गुमाउनुपरेको, नेपाली फुटबल विग्रिएको, खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरु बेरोजगार भएको, फुटबलका गतिविधि नियमित नभएको थापाको आरोप छ ।

‘नेपाली फुटबललाई ध्वस्त बनाउने नायक वर्तमान एन्फा अध्यक्ष र पटक पटक विदेश घुम्ने, आफ्नो तलब सुविधा बढाउने केही पदाधिकारीको कुरा सु्न्दा मलाई हासो उठछ । हामी गणेश थापालाई सिध्याइदिन्छौं, यसो गर्छौ उसो गर्छौ भनेको सुनेको छु । मलाई के गर्नुहुन्छ तपाईहरुले ? म त एन्फामा फर्किने होइन भनेर पहिल्यै घोषणा गरिसकेको छु,’ थापाले भिडियोमा भनेका छन्, ‘मेरो चिन्ता, चासो भनेको त नेपाली फुटबल खत्तम भयो । खेलाडीहरु, प्रशिक्षकहरु, रेफ्रीहरु सबै बेरोजगार हुन थाले । फुटबलको गतिविधिहरु नियमित हु्ँदैन । विगतमा खेलाडीले पाउँदै आएका पुरस्कारहरु दिन छाडियो । भनेपछि त्यही विषयमा मैले आफ्नो आवाजहरु उठाइराखेको न हो ।’

एन्फा नेतृत्वको लापरवाहीका कारण सिस्नेरी एकेडेमीमा ६ जना बालकको ज्यान गएको तर्क गर्दै थापाले थपे, ‘तपाईहरु आफ्नो स्वार्थको लागि कतिसम्म गलत काम गर्नुहुन्छ भन्ने कुरा त भर्खरै सिस्नेरी जस्तो ठाउँमा एकेडेमी स्थापना गर्नुभयो । के त्यो ठाउँ उपयुक्त थियो ? किन लगियो ? तपाईहरुले लापरवाही गरिदनुुभयो । ६ जना बच्चाहरुको अकालमा मृत्यु भयो ।’

भिडियोको अन्त्यमा थापाले एन्फा नेतृत्वसँग अझै राम्रो काम गर्नका लागि समय बाँकी रहेको कारण त्यसतर्फ लाग्न सुझाएका छन् । ‘गणेश थापालाई सियाउछु भनेर चाँही लाग्नुभन्दा अझै पनि समय बाँकी छ, नेपाली फुटबललाई कसरी राम्रो गर्न सक्नुहुन्छ त्यसतर्फ लाग्नुहोस भन्ने मेरो सुझाव सल्लाह छ । त्यसतर्फ लाग्नुहोस धन्यवाद’ थापाले भनेका छन् ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video