वैशाख २९, २०८२ सोमबार | ०३:२६:४०
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

नेपाली फुटबल राम्रो हुँदैछः प्रशिक्षक गिलान

काठमाडौं । नेपाल सुपर लिग ( एनएसएल) मा एफसी चितवनलाई पारजित गरेपछि ललितपुर सिटीका प्रशिक्षक इभान गिलानले नेपाली फुटबल राम्रो हुँदै गएको बताएका छन् । 

‘आजको खेल फरक थियो । हामीले पास खेल्ने प्रयास गर्यौ । गोल साच्चै राम्रो थियो । सबै गोल उत्कृष्ट छन् । तर पाएका केही अवसर भने गोलमा परिणत हुन सकेन’,गिलानले भने,‘मलाई लाग्छ नेपाली फुटबल राम्रो हुँदैछ । विदेशी खेलाडीको प्रर्दशन राम्रो छ । नेपाली खेलाडीले पनि सुधार गरिरहेका छन् ।’ 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार ललितपुरले चितवनमाथि ३-१ को जित निकालेको थियो । ललितपुरका लागि पापा इबो केबेले दुई तथा विवेक पौडेलले एक गोल गरेका थिए ।  चितवनका लागि एक मात्र गोल रफिक अमिनुले गरे ।

 १९ औं मिनेटमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका केबेले दिनेश हेन्जनको फ्लिक पासमा वान टचमार्फत सहज गोल गरे ।

 ५७ औं मिनेटमा विवेकको सुन्दर भली गोलमार्फत ललितपुरले अग्रता दोब्बर बनायो । बक्सभित्र दिनेशको क्रसलाई अब्मुबारीक युसीफले हेडमार्फत क्लियर गरिदिए । तर, रिबाउन्डमा विवेकले सुन्दर भली प्रहार गरेका थिए । जुन प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

 निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा जेब्रीनको थ्रु पासलाई सदुपयोग गर्दै अमिनुले एक गोल फर्काएपछि चितवनले खेलमा फर्किने संकेत देखाएको थियो । इन्जुरी समयमा केबेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । 

यसैगरी पराजित एफसी चितवनका प्रशिक्षक मेहराजुद्दिनले खेल हारे पनि टोलीको प्रर्दशन राम्रो रहेको बताए ।

‘खेल हारे पनि हाम्रो प्रदर्शन नराम्रो थिएन । ललिपुरलाई बधाइ । सुरुआतमै गोल खाँदा केही गाह्रो भयो । खेलाडीप्रति गर्व गर्छु,’ मेहराजुद्दिनले भने,‘ केही अवसरलाई सदुपयोग गर्न सकेनौं । हामीसँग तीन खेल बाँकी छ । सबै खेल जित्ने लक्ष्य हुनेछ ।’
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP