वैशाख २९, २०८२ सोमबार | ०३:३४:१३
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

नेपाल सुपर लिगः चितवनविरुद्ध ललितपुरलाई अग्रता

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनअन्तर्गत ललितपुर सिटी एफसीले एफसी चितवनविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जारी खेलमा एकपछि अर्को अवसर सृजना गरेको ललितपुरले खेलको १९औं मिनेटमा फरवार्ड पापा इबो केबेको गोलमार्फत अग्रता लिएको हो । पेनाल्टी बक्सभित्र कुनै पनि निगरानीमा नरहेका केबेले दिनेश हेन्जनको फ्लिक पासलाई वान टचमार्फत सहज गोल गरे ।

यसबीच सुरुआती हाफमा चितवनले मात्र दुई आक्रमण बुन्दा अधिकांश समय ललितपुर हाबि भयो ।

१३औं मिनेटमा ललितपुरले खेलको पहिलो अवसर सृजना गर्यो । ललितपुरका लागि पेनाल्टी बक्स भित्रबाट दिनेशले पहिलो बारमा गरेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाए । त्यसको तीन मिनेटपछि नै सनिस श्रेष्ठको क्रसमा पापा इबो केबेले गरेको हेडरले पोस्टको दिशा नलिँदा चितवनले फेरि अर्को खतरा टार्यो । त्यसको तिन मिनेटपछि विशाल पुनः बाधक बन्दा ललितपुरले अर्को सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । निखिल कदमको थ्रु पासलाई सदुपयोग गरेका केबेले वान भर्सेस वानमा विशाललाई बिट गर्न सकेनन् ।

२९औं मिनेटमा चितवनले पहिलो अवसर बनायो । छिरिङ गुरुङको पासमा बक्सभित्रबाट विमल घर्ती मगरले गरेको लोअर प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले बचाए । त्यसको दुई मिनेटपछि रफिक अमिनुले तीन रक्षकलाई बिट गर्दै गरेको शक्तिशाली प्रहार जेफेरीले बचाए ।

इन्जुरी समयको पहिलो मिनेटमा एजिकीलको प्रहार चितवनका अमुबारिक युसीफबाट डिफ्लेक्ट हुँदै क्रसबारमा लागेर फर्किँदा ललितपुरले अग्रतालाई दोब्बर बनाउन सकेन ।

दुवै टोली आफ्नो पाँचौं खेल खेल्दैछन् । चितवनविरुद्ध जित हासिल गरे ललितपुर एक अंकको अग्रता बनाउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ । ललितपुरलाई पराजित गरे चितवनले शीर्ष स्थानमा रहेको धनगढी र दोस्रो स्थानमा रहेको पोखरा थज्डर्ससँग अंक बराबरी गर्नेछ । धनगढी र पोखराको ४ खेलबाट समान ८ अंक छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP