वैशाख २६, २०८२ शुक्रबार | २०:२१:१०
एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द

सङ्गले बुटवलबाट एनएसएल खेल्ने

काठमाडौं । बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणका लागि क्यामरुनी फरवार्ड निकालस सर्ज सङ्गलाई अनुबन्ध गरेको छ ।

बुटवलले तेस्रो विदेशी खेलाडीको रूपमा सङ्गलाई भित्र्याएको हो । यसअघि क्लबले आइकोरी कोस्टका गोलकिपर कोउसी क्रिस्टियन र क्यामरुनी फरवार्ड स्टेफन बिनोङलाई भित्र्याएको थियो ।

सङ्गले न्युरोड टिम (एनआरटी) बाट पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । बुटवलमा मिडफिल्ड एरिक विष्ट मार्की तथा फरवार्ड आशिष लामा आइकोनिक खेलाडीका रूपमा छन् ।

मंसिर ९ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुष २१ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

बुटवल लुम्बिनीको टोली

एरिक विष्ट (मार्की), मणिकुमार लामा, जिलेस्पीजंग कार्की, प्रकाश बुढाथोकी, आशिष लामा (आइकोनिक),अशिम भुषाल, सरोज तामाङ, अशोक थापा, निराजन धामी, पासाङ लामा, गौरव श्रेष्ठ, जन्मजय धामी, मनग्य नकर्मी, निशान राणा, चन्दनकुमार दास, कोउसी क्रिस्टियन, स्टेफन बिनाङ, निकोलस सर्ज सङ्ग


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP