इजरायली शीर्ष डिभिजन लिग

युरोपेली लिगको डेब्यू खेलमै सावित्राको चार गोल

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित हापोएल रानानाले इजरायली शीर्ष डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार सम्पन्न लिगको पहिलो खेलमा राननाले रमाट हशारोनमाथि ४-० को फराकिलो जित निकालेको हो। चारै गोल सावित्राले गरेकी हुन् । यससँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

करिब एक महिना अगाडि इजरायल पुगेकी साबित्राले यसअघि रानानाका लागि एथेना कपमा खेलिसकेको थिइन् । त्यस प्रतियोगितामा रानाना साबिक विजेता किर्यात गातसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थियो ।