लुकाकु रोमामा अनुबन्ध

काठमाडौं । इटालियन क्लब इन्टर रोमाले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु अनुबन्ध गरेको छ ।

रोमाले इङ्लिस क्लब चेल्सीबाट लुकाकुलाई लोनमा भित्र्याएको हो । लुकाकुले गत सिजन पनि लोनमा इन्टर मिलानमा बिताएका थिए ।

लुकाकुको १४ गोलको सहयोगमा इन्टरले गत सिजन इटालियन सिरी ‘ए’ मा तेस्रो स्थान हासिल गर्दा च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

लुकाकु सन् २०२१ मा इन्टरबाट चेल्सी भित्रिएका थिए । तर चेल्सीले एक वर्ष पछि नै उनलाई लोनमा इन्टर नै पठाएको थियो ।

लुकाकु अनुबन्धका लागि इटालियन क्लब युभेन्टस र साउदी प्रो-लिग क्लब अल हिलालले पनि इच्छा देखाएका थिए ।