रियाल मड्रिड

डि गिया भित्र्याउने रियालको चाहना

काठमाडाैं । स्पेनिस क्लब रियाल मड्रिडले गोलकिपर डेभिड डि गिया भित्र्याउने इच्छा देखाएको छ ।

स्पेनका डि गिया इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएपछि हाल फ्रि-टान्सफरमा उपलब्ध छन् । 

विभिन्न सञ्चार माध्यममा आएका समाचारका अनुसार रियालले बेल्जियन गोलकिपर थिबाउट कोर्टोइसको विकल्पका रूपमा डि गियालाई भित्र्याउन चाहेको हो ।  कोर्टोइस घुँडाको चोटका करण सिजनको अघिकांश समय मैदान बाहिर रहने भएका छन् ।

सन् २०११ मा सपेनिस क्लब एटलेटिको मड्रिडबाट युनाइटेड भित्रिएका थिए । डि गियाले युनाइटेडका लागि ५ सय ४५ खेल खेले।