फिफा महिला विश्वकप २०२३

फिफा महिला विश्वकपः क्वार्टरफाइनलका खेल आज


काठमाडाै‌ । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकपको क्वार्टरफाइलनका खेलहरु आज (शुक्रबार)बाट सुरु हुँदैछन् ।

पहिलो दिन दुई खेलहरु हुनेछन् । स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

स्पेन र नेदरल्यान्ड्सबीचको खेल न्युजिल्यान्डको विलिंघटनमा भर्खरै सुरु भएको छ । दुबै टोली पछिल्लो खेलमा सानदार जित निकाल्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

स्पेनले स्विट्जरल्यान्ड्सलाई ५–१ ले हराएको थियो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० ले हराएको हो ।

यता, अकल्यान्डमा जापान र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । खेल इडेन पार्कमा दिउसो सवाँ १ बजे सुरु हुनेछ । सन् २०११ को विजेता जापानले नर्वेलाई ३–१ ले हराएको हो । स्विडेनले साविक चार पटकको विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो ।

दुबै खेलको विजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।