रियाल मड्रिड

पुरबराजले रियाल मड्रिडको एकेडेमीमा प्रशिक्षण गर्ने

काठमाडौं । नेपाली मुलका पुरबराज जोशीले स्पेनको रियाल मड्रिड एकेडेमीमा एक साताको प्रशिक्षण गर्न पाउने भएका छन् ।

हाल क्यानडामा रहेका पुरबले टोरेन्टोमा भएको रियाल मड्रिड क्लिनकबाट शीर्ष तीन भित्र पर्दै स्पेन जाने मौका पाएका हुन् । १० देखि १५ वर्ष सम्मका बाच्चाहरुलाई समेटिएको क्लिनिक एक सात सम्म सञ्चालन भएको थियो ।

अब पुरबले मार्च ३ देखि ९ गते सम्म हुने क्याम्पमा रियाल मड्रिडका प्रशिक्षक तथा खेलाडीलाई भेटेर उनीहरुबाट धेरै कुराको ज्ञान लिने अवसर पाउनेछन् । रियालले युवा खेलाडी लक्षित गरि यो क्याम्प सञ्चालन गर्न लागेको हो ।

पुरब प्रज्वलराज जोशी र श्रद्धा सिटौलाका छोरा हुन् । प्रज्वल नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका खेलडी हुन् ।

पाँच वर्ष देखि फुटबल खेल्न थालेका पुरबले न्युक्यासल हाउस लिग पनि खेलिसकेका छन् । हाल एक्सप्रोसकर फुटबल एकेडेमीमा आबद्ध पुरबलाई एन्डीले प्रशिक्षण दिइरहेका छन् ।

एन्डीसँग आयाक्स फुटबल क्लबको प्राविधिक निर्देशकको रूपमा काम गरिसकेको अनुभव छ । युइएफए ‘ए’ लाइसेन्स प्राप्त एन्डीले इङ्लिस  प्रिमियर लिग खेलेका थिए ।