काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका तीन सदस्य पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
बिहीबार तीन खेलाडी सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया पुगेका हुन् । तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् ।
गत सहिद स्मारक ए डिभिजन लिगमा पुजनले मच्छिन्द्र फुटबल क्लब, रविले नेपाल पुलिस क्लब र निशानले संकटा क्लबबाट खेलेका थिए ।
तीनै खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका खेलाडीले बिदाइ गरेका हुन् । यसैसाता राष्ट्रिय टोलीका स्ट्राइकर दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया पुगेका थिए ।
अघिल्लो वर्ष र यसवर्षगरी राष्ट्रिय टोलीबाट खेलिसकेका एक दर्जन बढि खेलाडी अस्ट्रेलिया पुगेका छन् । यसैगरी घरेलु लिग खेलिरहेका ६० बढि खेलाडी अस्ट्रेलिया र युएई पुगेका छन् ।
भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal