पुस २०, २०८२ सोमबार | ०७:१७:४०
फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि राजनीतिक तनावका कारण भारत र बंगलादेशको खेल रद्ध हुने शंका राजनीतिक तनावका कारण भारत र बंगालदेशको खेल रद्ध हुने शंका

नेपाललाई हराउँदै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । घरेलु टोली नेपाललाई २-१ले हराउँदै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा बंगलादेशलाई लगातर दोस्रो संस्करण च्याम्पियन बनाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले एक–एक गोल गरे । एक गोलले पछाडि परेको स्थितिमा नेपालले अमिषा कार्कीको गोलमा बराबरी गरेको थियो । खेलका सबै गोल दोस्रो हाफमा भएका हुन् ।

बंगलादेशले यही मैदानमा २०२२ मा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपाल ३-१ ले निराश बनेको थियो ।

साफ च्याम्पिनसिपको फाइनलमा नेपालको यो छैटौं हार हो ।

खेलको दोस्रो मिनेटमा नेपाललाई भाग्यले साथ दिदाँ बंगलादेशले अग्रता लिन सकेन । रक्षक गीता रानामगरले अनियन्त्रित बल प्रहार गर्दा बंगलादेशी कप्तान सवीना खातुनले उक्त बल भेट्टाएकी थिइन् । कुनै पनि निगरानीमा नरहेकी सवीनाले बक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पछि रिबाउन्डमा सवीनाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । जसलाई नेपाली कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, फरवार्ड सावित्रा भण्डारीको पासमा अमिषा कार्कीले बक्स नजिकैबाट गरेको राइट फुटेड प्रहार क्रस बारमा लागेर बाहिरिएपछि नेपालले अग्रता लिन सकेन । २८औं मिनेटमा सावित्राको सुन्दर पासलाई अमिषाले राम्रो टच दिन नसक्दा नेपाल सहज गोल गर्नबाट चुक्यो ।

खेलको ३३ओं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले फरवार्ड समसुनुहार जुनियरलाई लडाएपछि बंगलादेशले बक्स नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । तर, मिडफिल्डर मोनिका चक्माको लेफ्ट फुटेड प्रहार आकाशिँदा नेपाली समर्थकले राहतको श्वास फेर्यो ।

खेलको ५२औं मिनेटमा मोनिकाले गोल गर्दै १५ हजार नेपाली समर्थकलाई शान्त पारिन् । अमिषाले क्लियर गर्नुपर्ने बल प्रीतिलाई ब्याक पास खेलाएपछि बंगलादेशले त्यसको फाइदा उठाएको हो । अमिषाबाट प्रीतिसम्म नपुग्दै बंगलादेशी कप्तान सवीनाले बल खोसिन् । अनि सवीनाकै पासमा मोनिकाले अन्जिलालाई बिट गर्दै दोस्रो बारमा गोल गरिन् । सवीनाले नेपालका तीन रक्षकलाई बिट गर्दै मोनिकालाई सुन्दर पास मिलाइदिएकी थिइन् ।

तर, बंगलादेशले आफ्नो अग्रतालाई पाँच मिनेट पनि टिकाउन सकेन । ५६औं मिनेटमा प्रीतिले चार विपक्षी खेलाडीलाई बिट गर्दै दिएको सुन्दर थ्रु पासमा अमिषाले गोल गरिन् । अमिषाले वान भर्सेस वानमा गोलकिपर रुप्ना चक्मालाई बिट गरिन् । अमिषाको लोअर प्रहार दोस्रो बारको लोअर कर्नर गोलमा परिणत भएको थियो ।

बराबरी गोल फर्काएको पाँच मिनेटपछि नेपालले गोलको अर्को अवसर सृजना गर्यो । लोफ्टेड पासलाई सदुपयोग गरेकी सावित्राले रक्षक सेउली अजिमलाई बिट गर्दै बललाई अघि लगिन् । तर, फाइनल प्रहारमा चुक्दा नेपालले अग्रता लिन सकेन । उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६८औं मिनेटमा बंगलादेशको गोलमा अन्जिला बाधक बनिन् । विंगर रितु पोर्ना चक्माको पासमा मारिया मान्दाको टप कर्नर लामो दूरीको प्रहारलाई अन्जिलाले सुन्दर बचाउ गरिन् ।

निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा रितुको दर्शनीय गोलमा बंगलादेशले खेलमा पुनः अग्रता लियो । लेफ्ट साइबाट रितुले गरेको लेफ्ट फुटेड प्रहारले अन्जिलालाई बिट गर्दै दोस्रो बारको जाली चुमेको थियो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपाली महिला टोलीको १२औं हार हो ।


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA