पुस २९, २०८२ बुधबार | १०:५०:१७
भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित

फाइल तस्विर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच भइरहेको फाइनल खेलको पहिलो हाफ गोलरहितमा समाप्त भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी खेलमा दुबै टोलीले सुनौलो अवसरमा गोल गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा नेपाललाई भाग्यले साथ दिदाँ बंगलादेशले अग्रता लिन सकेन । रक्षक गीता रानामगरले अनियन्त्रित बल प्रहार गर्दा बंगलादेशी कप्तान सवीना खातुनले उक्त बल भेट्टाएकी थिइन् । कुनै पनि निगरानीमा नरहेकी सवीनाले बक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । पछि रिबाउन्डमा सवीनाले हेडरमार्फत बललाई पोस्टको दिशा दिइन् । जसलाई नेपाली कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाले सहजै नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा नेपालले पहिलो अवसर सृजना गर्यो । तर, फरवार्ड सावित्रा भण्डारीको पासमा अमिषा कार्कीले बक्स नजिकैबाट गरेको राइट फुटेड प्रहार क्रस बारमा लागेर बाहिरिएपछि नेपालले अग्रता लिन सकेन । २८औं मिनेटमा सावित्राको सुन्दर पासलाई अमिषाले राम्रो टच दिन नसक्दा नेपाल सहज गोल गर्नबाट चुक्यो ।

खेलको ३३ओं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले फरवार्ड समसुनुहार जुनियरलाई लडाएपछि बंगलादेशले बक्स नजिकै फ्रिकिक अवसर प्राप्त गर्यो । तर, मिडफिल्डर मोनिका चक्माको लेफ्ट फुटेड प्रहार आकाशिँदा नेपाली समर्थकले राहतको श्वास फेर्यो ।

बंगलादेश र नेपाल लगातार दोस्रो संस्करण साफ च्याम्पियनसिपको फाइनल खेल्दैछन् । दुई वर्षअघि यही मैदानमा बंगलादेशले नेपाललाई ३-१ को नतिजामा निराश पार्दै पहिलो पटक उपाधि जितेको थियो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||