मंसिर १८, २०८२ बिहीबार | १८:५०:४१
अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा

साफ महिला च्याम्पियनसिपः फाइनलका सबै टिकट विक्री

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल खेलका सबै टिकट विक्री भएको छ ।

एन्फाले बिहान ८ बजेदेखि २ स्थानबाट टिकट विक्री गर्ने सुचना निकालेसँगै बिहान ४ बजेदेखि नै भद्रकालीस्थित आर्मी गेटको काउन्टर र जावलाखेलस्थित फुटबल मैदानमा टिकट किन्न  बाक्लो संख्यामा दर्शक पुगेका थिए ।

बिहान ८ बजे भनेपनि व्यवस्थापकीय कमजोरीका कारण ९ बजेपछि मात्र टिकट विक्री सुरु भएको थियो । डेढ घण्टामै सबै टिकट सकिएको थियो ।

एन्फाले साधारणतर्फ १० हजार र भिआइपी १ हजार मात्र टिकट विक्री गरेको थियो । साधारणतर्फ ५०० र भिआइपी १००० रुपैयाँ टिकट दर छ ।

साधारणतर्फ खल्ती एप्सबाट काटिएको ४ हजार ११७ वटा टिकटलाई मान्यता दिइएको थियो । बाँकी टिकट भने एन्फा आफैंले बेचेको थियो ।

लाइनमा लागेका दर्शकले टिकट नपाएपछि एन्फा नेतृत्वमाथि आक्रोश पोखेका थिए । एन्फाले भने अनुसार प्रति व्यक्ति अधिकतम २ भिआइपी र ५ साधारण टिकट विक्री गरिएको थियो ।

फाइनल नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ ६ः३० बजे सुरु हुँदैछ । एन्फाले मंगलबार पत्रकार सम्मेलनमा टिकट विक्री गर्दै आएको माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||