काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ मा बंगलादेशविरुद्ध फाइनल खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
फाइनल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन् ।
रेखाले भारतविरुद्धको सेमिफाइनलमा दाहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन् ।
नेपालले भारत तथा बंगलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
नेपालको पहिलो रोजाई
अन्जिला तुम्बापो सुब्बा (कप्तान) , विमला बिक, पूजा राना, रेनुका नगरकोटे, अमिषा कार्की, गीता राना,, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी, सरु लिम्बु
भिडियो
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA