प्रि-सिजन टुर

लिभरपुलको फराकिलो जित

काठमाडौं । इङ्लिस क्लब लिभरपुलले प्रि-सिजन टुर अन्तर्गतको क्लब मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लेस्टर सिटीविरुद्ध ४-० को  फराकिलो जित निकालेको छ ।

सिंगापुर नेसनल रंगशालामा आइतबार सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन डार्बिन नुनेज, बबी क्लार्क, डियगो जोटा र बेन डोकले समान एक गोल गरे ।

खेलको ३०औं मिनेटमा नुनेजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै क्लार्कले टोलीको अग्रता दोब्बर बनाए ।

३८औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुल ३-० ले अगाडी बढ्यो । ६४औं मिनेटमा डोकले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए ।

अब लिभरपुलले अगस्ट २ मा जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख तथा जर्मनीकै एसभी ड्राम्सटाटको सामना गर्नेछ ।