काठमाडौं । फिफा महिला विश्वकपमा समूह ‘ए’ अन्तर्गत मंगलरबार हुने कोलम्बियाविरुद्धको खेलमा दक्षिण कोरियाले स्ट्राइकर क्यासी फेयरलाई मैदान उतारे कीर्तिमान कायम हुनेछ ।
१६ वर्षीय फेयरले खेल्न अवसर पाएकमा उनी फिफा महिला विश्वकप खेल्ने सबैभन्दा कम उमेरकी खेलाडी बन्ने छिन् ।
फेयरको जन्म सन् २००७ जनु २९ मा भएको थियो । अमेरिकी बाबु र कोरियन आमाको सन्तान फेयरको परिवार अमेरिकाको न्यूजर्सी स्थित वारेन टाउनसिपमा बस्छ । फेयरले दक्षिण कोरियाको यू-१७ टोलीबाट पनि खेलिसकेकी छन् ।
कोरिया र कोलम्बियाबीचको खेल अस्ट्रेलियाको सिड्नी फुटबल रंगशाला (एलियन्ज) मा विहान ७ः४५ बजे सुरु हुनेछ ।
हाल यो कीर्तिमान नाइजेरीकी आइफिनी चिजिनीको नाममा छ । सन् १९९९ को विश्वकपमा उत्तर कोरियाविरुद्ध मैदान उत्रीदाँ उनको उमेर १६ वर्ष ३४ दिनको थियो ।
यसैगरी मंगबारनै बिहान १५ः१४ मा बालिङटन क्षेत्रीय रंगशालामा फिलिपिन्सको सामना गर्दा आयोजक न्यूजिल्यान्ड लगातार दोस्रो जितका साथ समूह ‘ए’ बाट अन्तिम १६ काे सम्भावना बलियाे बनाउने लक्ष्यमा हुनेछ ।
फिलिपिन्स पनि जित निकाल्दै अन्तिम १६ को सम्भावनालाई जिवित राख्न चाहन्छ । पहिलो खेमा न्यूजिल्यान्डले नर्वेलाई १-०ले पराजित गर्दा फिलिपिन्सले स्विट्जरल्यान्डसँग २-० को हार ब्यहोरेको थियो ।
दिउँसो १ः४५ बजे सुरु हुने दिनको अन्तिम खेलमा स्विट्जरल्यान्ड र नर्वे भिड्दैछन् ।
न्यूजिल्यान्डको विकाटोस्थित एफएमजी रंगशालामा नर्वेलाई हराउन सके स्विट्जरल्यान्ड अन्तिम १६ मा पुग्ने सम्भावना बलियाे हुनेछ ।
नर्वे पनि स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम १६ को सम्भावना जिवितै राख्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २-० ले हराउँदा नर्वे न्यूजिल्यान्डसँग १-० ले पराजित भएको थियो ।