इङ्लिस प्रिमियर लिग

फिलिप्स भित्र्याउने वेस्ट हमको इच्छा

काठमाडौं । इङ्लिस क्लब वेस्ट हम युनाइटेडले इङ्लिस मिडफिल्ड केल्भिन फिलिप्स अनुबन्धको इच्छा देखाएको छ।

डेक्लन रिसको विकल्पका रुपमा वेस्ट हम यही ट्रान्सफर विन्डोमा अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट फिलिप्स भित्र्याउन चाहन्छ।

रिस प्रिमियर लिगकै आर्सनल अनुबन्ध नजिक छन्।

सन् २०२२ मा इङ्लिस क्लब लिड्स युनाइटेडबाट सिटी भित्रिएका थिए । फिलिप्सले सिटीका लागि मात्र १२ प्रिमियर लिग खेलमा अवसर पाएका छन्।