वैशाख २८, २०८२ आइतबार | २०:५८:०९
रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन

मछिन्द्रले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि ३-१ को सहज जित निकालेको छ ।

जितसँगै २५ खेलमा ४२ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा यथावत छ । पराजय ब्यहोरेको हिमालयन समान खेलबाट ३१ अंकका साथ आठौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन ओलावाले अफिलजले दुई तथा विमल घर्ती मगरले एक गोल गरे । हिमलायनका लागि पिस्टोन मुटुम्बाले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । विमलले पुजन उपरकोटीको क्रसमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

६८औं मिनेटमा अफिजले टोलीको अग्रता दोब्बर बनाए । अफिजले  युटा सुजुकीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

७७औं मिनेटमा अफिजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र ३-० ले अघि बढ्यो । ओबयोमी फान्कुलेले पेनाल्टी बक्समा अफिजलाई नै लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो।

खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । 

८२औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ दोहोरो पहेलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिए । विशालले हिमालयनका पिस्टोने मुटम्बालाई पेनाल्टी बक्सको बाहिर लडाएपछि दोहोरो पहेंलो कार्डको सामना गर्नु परेको थियो ।

मछिन्द्र १० खेलाडीमा समेटिएको तीन मिनेटपछि नै निशान लिम्बुले रातो कार्ड ब्यहोरेपछि हिमालयन पनि १० खेलाडीमा समेटियो । विपक्षी खेलाडीसँग झगडा गरेपछि रेफ्री निशानलाई सोझै रातो कार्ड देखाएका थिए ।

९० औं मिनेटमा पिस्टोनले फ्रिकिकमार्फत गरेको उत्कृष्ट गोल हिमालयनका लागि सान्त्वना मात्र बन्न पुग्यो । 

मछिन्द्र लिगमा हिमालयन शेर्पाविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट १-१ को बराबरीमा सकिएको थियो । 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP