वैशाख २८, २०८२ आइतबार | २३:४८:५४
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

एपिएफमाथि चर्च ब्वाइजको सहज जित

काठमाडौं । लिग लिडर चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबमाथि ४-१ को सहज जित निकालेको छ ।

जितसँगै २३ खेलमा ४१ अंक जोडेको चर्च ब्वाइजले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । पराजय ब्यहोरेको एपिएफ समान खेलबाट २९ अंकका साथ सातौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन कप्तान अनन्त तामाङले दुई तथा मौसम सुब्बा र आशिष चौधरीले समान एक गोल गरे । एपिएफका लागि आवास लामिछानेले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै मौसमको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । आशिष चौधरीको क्रसमा एपिएफका रक्षक एडामा डोम्बियाले क्लियर गर्न नसक्दा रन्जित पान्द्रेले उपलब्ध गराएको बललाई मौसमले पोस्टको दिशा दिएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा अनन्तले टोलीको अग्रता दोब्बर बनाए । मनोज राईको ‘थ्रोइन’मा फ्याङ्कलिन टालाले हेडमार्फत उपलब्ध गराएको बललाई अनन्तले जाली चुमाए ।

५५औं मिनेटमा अनन्तले व्यीक्तगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । मनोजको ‘थ्रोइन’ मा टालाले हेडमार्फ उपलब्ध गराएको बललाई हेडमार्फत नै पोस्टको दिशा दिए ।

८३औं मिनेटमा आवासले खेल ३-१ को स्थितीमा ल्याए । आवासले अर्मान्ड बिडोमको पासलाई सदुपयोग गरेका थिए ।

८९औं मिनेटमा आशिषले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै चर्च ब्वाइजलाई ४-१ को सहज जित दिलाए ।

चर्च ब्वाइज लिगमा एपिएफविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो । 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP