इङ्लिस प्रिमियर लिग

मग्वायर आफ्नो भविष्यका बारेमा निर्णय लिन स्वतन्त्र छनः इरिक टेन हाग

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले कप्तान ह्यारी मग्वायरले चाहेको खण्डमा ओल्ड ट्राफोर्डबाट बाहिर सक्ने बताएका छन । 

यस सिजन मग्वायरले पर्याप्त खेल खेल्न नपाएको र उनी क्लबसँग असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो । यस सिजन मग्वायरले प्रिमियर लिगमा १६ खेल मात्र खेलेका थिए ।

उनी सन् २०१८ मा लेस्टर सिटीबाट युनाइटेड भित्रिएका थिए ।

टेन हागले भने टोलीको आवश्यता अनुसारका खेलाडी खेलाउने भन्दै मग्वायर आफ्नो आगमी गन्तब्यको बारेमा निर्णय दिन स्वतन्त्र रहेको बताएका थिए । मग्वायर र युनाइटेडबीचको सम्झौता २०२५ सम्मका लागि कायम छ । 

‘खेल्ने अवसर धेरै नपाउँदा कोही पनि खेलाडी सन्तुष्ट हुँदैनन’,टेन हागले भने, ‘उनी पूर्णरुपमा फिट छैनन । त्यसैले कम अवसर पाएका हुन । खेल्न नपाएको भन्दै क्लब छोड्ने निर्णय लिएमा हामी त्यसको स्वागत गर्छौ ।’