वैशाख २९, २०८२ सोमबार | ००:०२:१४
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

सात खेलपछि मनाङको जित, थ्री स्टारको लगातार चौंथो हार

फाइल फोटो

ललितपुर । थ्री स्टार क्लबलाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार सात बराबरीपछि पहिलो जित निकालेको छ ।

जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै १०औं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितविहिन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११औं स्थानमा झरेको छ ।

मनाङले पछिल्लो पटक १४औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गरेको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न खेलको  पहिलो हाफमा चेतनकुमार थारुले गरेको गोल निर्णायक बन्दा मनाङले स्पष्ट तीन अंक हासिल गरेको हो ।

पहिलो हाफ सकिन सात मिनेट बाँकी छँदा मनाङले अग्रता लिएको हो । पेनाल्टी बक्सको केही यार्ड पर थ्री स्टारका मिडफिल्डर दीपेश गुरुङले रोशन राणा मगरले लडाएपछि मनाङले फ्रिकिक पाएको थियो ।

डिवान्डो डियाग्नेकाे फ्रिकिक  गोलपोस्टमा लागेर आफूसम्म आइपुगेको बल साहिद अजिजले चेतनलाई मिलाइदिएका थिए । निगरानीमा नरहेका चेतनले कुनै गल्ती गरेनन् । 

खेलमा दुवै टोलीले गोलका केही अवसरहरु पाए पनि गोलमा परिण भने गर्न सकेनन् ।

२६ औं मिनेटमा  विराज महर्जनकोको क्रसलाई थ्री स्टारका मार्टिन्स अजाइले हेडमार्फत गोल गर्ने प्रयास गरे पनि सफल भएनन् ।

३१ औं मिनेटमा सुमित श्रेष्ठको क्रस कोफी टिमोथी कुडोले भेट्टाउनुअघि नै थ्री स्टार कप्तान विक्रम लामाले क्लियर गरिदिए ।

निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा थ्री स्टारले बराबरीको अवसर गुमायो । आदित्य शाक्यको क्रसलाई वैकल्पिक खेलाडी सन्नी व्यन्जनकार अन्यन्त्रित हुँदा गोल गर्न सकेनन् ।

थ्री स्टारले पछिल्लो पटक ११औं चरणमा संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसयताका ११ खेलमा थ्री स्टारले पाँच बराबरी र ६ हारको नतिजा निकालेको छ ।

मनाङ लिगमा थ्री स्टारविरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट १-१ को बराबरीमा सकिएको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP