इङ्लिस प्रिमियर लिग

म्याडिसन भित्र्याउने आर्सनलको इच्छा

काठमाडौं । आर्सनलले आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीका मिडफिन्डर जेम्स म्याडिसन भित्र्याउने इच्छा देखाएको छ ।

म्याडिसन सन् २०१८ मा नर्विच सिटीबाट किंग पावर स्टेडियम भित्रिएका थिए । क्लबसँग म्याडिसनको एक वर्ष बाँकी रहे पनि उनी क्लब छाड्ने मनासयमा छन् ।

द मरिरका  अनुसार आर्सनलले जुलाई ट्रान्सफर विन्डोमा म्याडिसन अनुबन्धका लागि तयारी थालिसकेको छ । म्याडिसनले लेस्टरका लागि एक सय ६२ प्रिमियर लिग खेलमा ४३ गोल गरेका छन् ।

म्याडिसन अनुबन्धका लागि प्रिमियर लिगकै टोटनहमले पनि चासो देखाइरहेको छ ।