वैशाख २८, २०८२ आइतबार | २३:५२:२८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

खुमलटारमाथि एनआरटीको रोमाञ्चक जित

फाइल तस्बिर

काठमाडौं । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै न्युरोड टिम (एनआरटीए) ले सहिद स्मारक‘ए’ डिभिजन लिगमा एफसी खुमलटारमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।  

जितसँगै एनआरटी १७ खेलमा पाँच जित, ६ बराबरी र ६ हारको नतिजासहित २१ अंकका साथ १०औं स्थानमा उक्लिएको छ । पराजित ब्यहोरेको खु्मलटार समान खेलमा पाँच जित, दुई बराबरी र १० हारको नतिजासहित १८ अंक जोडेर पुछरमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रवार सम्पन्न खेलमा एनआरटीलाई पुनरागमन जित दिलाउन विक्रम धिमाल र निकोलस सङ्गले गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । खुमलटारका लागि स्टेफन समिर विनोङ र राजिव लोप्चनले गोल गरे ।

खेलको ३१औं मिनेटमा विनोङको गोलमार्फत खुमलटारले अग्रता लिएको थियो । विनोङले गोलकिपर देव लिम्बुले रिलिज गरेको बलमा रेजिन सुब्बाले हेडमार्फत उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

३९औं मिनेटमा राजिवले टोलीको अग्रता दोब्बर बनाए । राजिवले पनि गोलकिपर देवले रिलिज गरेको बलमा विनोङले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै एनआरटीका रक्षकलाई बिट गदै जाली चुमाए ।

६२औं मिनेटमा विक्रमले गोल गर्दा खेल २-१को स्थितीमा आयो । विक्रमले सरोज तामाङको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।

दुई मिनेटपछि नै आत्मघाती गोलमार्फत एनआरटी २-२ को बराबरीमा आयो । निकोलस सङ्गको क्रममा लालुन्जामाले गरेको प्रहार खुमलटारका गोलकिपर देवलाई लाग्दै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

८३ औं मिनेटमा दिपेश आले मगरको पाुसलाई गोलमा परिणत गर्दै सङ्ले एनआरटीलाई ३-२ को रोमाञ्चक जित दिलाए  ।

एनआरटीले खुमलटारविरुद्ध लिग डबल (दुवै लेगमा पराजित) गरेको छ । पहिलो लेगमा एनआरटीले खुमलटारमाथि ३-१ को सहज जित निकालेको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP