सहिद स्मारक ‘ए’ डिभिजन लिग

सातादोबाटो र पुलिसबीचको पहिलो हाफ बराबरी

फाइल तस्बिर

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लब विभागीय टोली नेपाल पुलिस क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरण अन्तर्गत जारी खेलमा पकड जमाए पनि पुलिसले गोल गर्न भने सकेन ।

पुलिसका ४० औं मिनेटमा पासवानको कर्नरमा अञ्जन राईको प्रहार बाहिरिएको थियो । ४४ औं मिनेटमा पेनाल्टी बक्सभन्दा केही परबाट सौजन राइले गरेको प्रहार बाहिरिँदा पुलिसले अग्रता लिन सकेन । 

सातदोबाटो आठ खेलमा पाँच जित,एक बराबरी र दुई हारको नतिजासहित १६ अंक जोडेर दोस्रो स्थानमा छ । पुलिस समान खेलबाट एक जित, एक बराबरी र ६ हारको नजितासहित चार अंकका साथ पुछारमा छ ।