वैशाख २७, २०८२ शनिबार | १८:०२:३८
स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन

युवा खेलाडीको प्रदर्शनप्रति गर्व छः प्रशिक्षक एनेस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा युवा खेलाडीको प्रदर्शनप्रति आफूलाई गर्व रहेको बताएका छन् ।

एनेसले शुक्रबार फाइनलपछिको पोस्ट म्याच कन्फ्रेन्समा यस्तो प्रतिक्रिया दिएका हुन् ।

यही प्रतियोगिताबाट नेपालको प्रशिक्षण सम्हालेका एनेसले सनिश श्रेष्ठ, मणिकुमार लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठलाई अन्तर्राष्ट्रिय डेब्यु गराएका थिए ।

दीपकले भुटानविरुद्ध गोल पनि गरेका थिए । यसैगरी मनिष डाँगी, आयुष घलान, एरिक विष्ट लगायतका युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे  ।

‘हामीले आफूलाई प्रमाणित गर्यौं । तीन वटै खेलमा गोल राम्रो भयो । लङ बलमा सफल भयो एक अर्कालाई राम्रोसँग बुझ्दै गएकाले हामीले खेलमा बढि प्रभाव जमायौं । दोेस्रो हाफमा झनै राम्रो भयो । हामीले विपक्षीलाई अवसर दिएनौं । राम्रो गर्न चाहथ्यौं । गल्ती गर्न चाहदैन थियौं त्यमा सफल भयौं’,एनेसले भने‘, अरु खेलमा अझै राम्रो गर्नुछ । खेलाडी छनोट गर्नुछ । टोली अझै राम्रो बनाउने प्रयासमा छौं । लाओसविरुद्ध जुन प्लान गरेका थियौं । त्यसमा सफल भयौं । दीपक र मणिले राम्रो खेल । सबै पक्षमा राम्रो भयो । दुवै गोल लगभग उस्तै थियो। युवा खेलाडीको प्रदर्शनप्रति गर्व छ ।’

लाओसका माइकल वाइसले टोलीको  प्रदर्शनबाट  आफू खुसी रहेको बताएका छन् ।

‘प्रतियागिता राम्रो रह्यो । काठमाडौं राम्रो रह्यो । खेल राम्रो भयो । च्याम्पियन बनेकोमा नेपाललाई बधाई छ । नेपाल यसका लागि लायक थियो,’ वाइसले भने,‘ नेपालको खेलाडीमा बलियो एनर्जी थियो । स्प्रिड थियो । हामी टिम निमार्णको अवस्थामा छौं । खेलाडी युवा छन् । हामीले खेल गुमाए पनि खेलाडीको भविष्य राम्रो छ । नजिता र प्रदर्शनबाट खुसी छु । मौषमले अलि समस्या भयो । तर,यो समान्य हो । ’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित आयुष घलानले धेरै अवसर गुमेको भए पनि योजनाअनुसारको प्रदर्शन भएको बताए ।

‘भुटानसँग सुरुमै गोल खाएका थियौं । त्यहि भएर लाओसविरुद्ध गोल खाने भन्दा पनि स्कोर गर्ने थियो । सफल भएनौं । तर, योजना अनुसारको प्रदर्शन गर्न सफल भयौं,’आयुषले भने , देशको लागि गोल गर्न पाउँदा खुसी लागेको छ । धेरै गोलको अग्रता हुँदा अझै सहज हुन्थ्यो । तर, त्यसो हुन सकेन । पाएका अवसर सदुपयोग गर्न सकेनौं ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको च्याम्पियन बनेको थियो ।

नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले समान एक गोल गरे । लाओसका लागि फौटाभोङ साङभिलेले एक गोल गरे ।

उपाधिसँगै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा लाओसले तीन हजार डलर पाएको छ।

खेलको १७ औं मिनेटमा साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । बाउनफाचन बाउनकोङले डिबक्स बाहिरबाट मिलाइिदएको पासलाई सदुपयोग गर्दै साङभिलेले वान टचमा नेपालका गोलकिपर किरण चेम्जोङलाई बिट गरेका थिए  ।

२४ औं मिनेटमा आयुषले नेपाललाई बराबरीमा ल्याए । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । मनिषले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP