वैशाख २९, २०८२ सोमबार | ००:१२:४१
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मछिन्द्र र एनआरटीको लगातार दोस्रो हार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को दोस्रो चरण आज बिहिबार सकेको छ । दोस्रो चरण सकिँदा सम्म सहभागी १४ क्लबमध्ये एघार क्लबको कमसेकम एक अंक छ ।

बाँकी तीन क्लब अंक विहिन छन् । ती हुन् विभागिय टोली नेपाल पुलिस क्लब, न्युरोड टिम(एनआरटी) र मछिन्द्र फुटबल क्लब ।

दोस्रो चरणको अन्तिम दिन आज पनि साबिक विजेता मछिन्द्र र गत संस्करण तेस्रो स्थानमा रहेको एनआरटी आफ्नो खेलहरुमा पराजित भएका छन् । च्यासल मैदानमा मछिन्द्र साबिक उपविजेता, विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग २-० ले पराजित हुँदा एन्फा कम्पलेक्समा जावलाखेल युथ क्लबले एनआरटीलाई २-१ ले पराजित गर्यो ।

जावलाखेलको लगातार दोस्रो जित

पहिलो खेलमा मछिन्द्रलाई ३-१ ले स्तब्ध पारेको जावालाखेलले बिहिबार एनआरटीलाई पनि हराएको छ । जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोडेको छ ।

सातदोबाटोमा बिहिबार सम्पन्न खेलमा ६८ औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । अब्दुल अजिजको फ्रिकिकमा पेनाल्टी बक्समा क्लियर हुन नसकेको बललाई सिमन्तले नियन्त्रणमा लिदै सुन्दर फिनिस गरेका थिए ।


विदेशी खेलाडी फोडे फोफानाले ७७ औँ मिनेटमा गोल गर्दै जावलाखेलको अग्रतालाई दोब्बर बनाए । जन्मजय धामीबाट बल खोस्दै समिराज थोकरले दिएको पासलाई अनमार्क रहेका फोडेले सहजै गोल गर्न सफल भएका थिए ।

८० औं मिनेटमा सञ्जिव विष्टले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा जावलाखेलले २-१ को रोमाञ्चक जित निकल्यो । लालनुन्जामाले दिएको पासलाई सञ्जिवले पहिलो बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
 

जवलाखेलले अब शनिबार, फागुन २७ गते दशरथ रंगशालामा विभागिय टोली एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने एनआरटीले आइतबार, २८ गते आर्मीसँग खेल्नेछ ।

लगतार पराजयका बावजुद प्रशिक्षक कटुवाल लिग जित्नेमा आशावादी

मछिन्द्रमाथि २-० को जित हासिल गरेको आर्मीले दुवै गोल दोस्रो हाफको सुरुवाती १५ मिनेट भित्र गरेको थियो । 

दोस्रो हाफको सुरुवाती तीन मिनेटमै आर्मीले अग्रता लियो ।  दीपक गुरुङले कर्नर बललाई हेडरमार्फत पोस्टको दिशा दिएका थिए ।
५९ औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । पहिलो गोलकर्ता दीपकलाई विपक्षी खेलाडीले लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीलाई कप्तान नवयुग श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

हारका बावजुद प्रशिक्षक कटुवालले धेरै खेल बाँकी रहेको कारण उपाधि जित्नेमा आशावादी रहेको बताए ।

‘हामी सँग अझै २४ खेल बाँकी छन् । त्यसैले हामीलाई अझै पनि आशा छ । उपाधि जित्नका लागि टोली बनाएका थियौं । मोफसलमा लगातार खेल्नुपर्दा केही खेलाडी घाइते भए, टोलीमा रहेका खेलाडीले पनि क्षमता अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् ,’ कटुवालले भने ,‘लगातारको दोस्रो हारले केही गाह्रो बनाएको छ । तर असम्भव भने छैन, हामी उपाधिकै लागि प्रतिस्पर्धा गर्नेछौं ।’
आफ्नो तेस्रो खेल आइतबार एन्फा कम्पलेक्समा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ । त्यस्तै आर्मीले सोही समय च्यासल मैदानमा एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ ।


 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP