वैशाख २९, २०८२ सोमबार | ०२:५९:१८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

भद्रपुरको विजयी सुरुआत

भद्रपुर ।  मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्गत आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गरेको छ। 

यस जितसँगै भद्रपुर क्वार्टरफाइनल प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा भद्रपुरलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गरे । 

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा स्टेफन समिरको गोलमार्फत भद्रपुरले अग्रता लिएको थियो ।  स्टेफनले मेसुके ओलोमोउलेको पासलाई सदुपयोग गरेका थिए ।

८० औँ मिनेटमा मेसुकेले गर्दै भद्रपुरलाई २-० को जित दिलाए ।

पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार रुपैयाँ  पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

भद्रपुरले अब क्वार्टरफाइनलमा मंलबार संकटा क्लबको प्रतिस्पर्धा गर्नेछ ।

संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको हो  । सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर-झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टोलीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउने छन् । उत्कृष्ट

गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

उपप्रधानमन्त्रीबाट उद्घाटन

मुस्ताङ भद्रपुर-झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । 

उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए ।

उद्घाटन समारोहमा आयोजक भद्रपुर-झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि भएको बताए । उनले यो गोल्डकपले भद्रपुरको निरासाजनक व्यापारलाई पनि सुधार गर्ने अपेक्षा गरेको बताए ।

गोल्डकप उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले खेलाडी उत्पादनमा ठूलो काम गरेको बताए । उनले यहाँ चर्चित खेलाडीले खेल खेलिसकेको बताए । 

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले मन्तब्य राखेका थिए


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP