पिएसजी

पिएसजीका दुई रक्षकबीच दुरी बढेको हल्ला

पेरिस । पेरिस सेन्ट जर्मन(पिएसजी)का ब्राजिलियन रक्षक तथा कप्तान मार्किन्होस र फ्रेन्च रक्षक प्रेस्नेल किमपेम्बबीचको दुरी बढेको हल्ला बाहिर आएको छ ।

 केही समययता लय गुमाएको पिएजीले पछिल्ला ११ खेलमा पिएसजीले मात्र पाँच जित निकाल्न सकेको छ ।

पिएसजी खराब समयबाट गुर्जिरहदाँ प्रशिक्षक क्रिस्टोफर ग्लाल्टियर पनि आफ्नो टोलीसँग सन्तृष्ट छैनन् । पिएसजीले लिग वानमा गत हप्ता मोनाकोसँग ३-१ को हार बेहारेपछि मार्किन्होस र किमपेम्बेबीचको सम्बन्धमा दरार बढ्दै गएको द गोलले बताएको हाे ।

कप्तान मार्किन्होस टोलीको कमजोर प्रर्दशनपछि सर्मथकहरु सामु नजान आफ्ना सहकर्मीलाई आग्रह गरेका  थिए ।  किमपेम्बेले भने आफ्ना सर्मथकसँग माफी मागेका थिए । मार्किन्होसले किमपेम्बेको यस्तो हर्कतले आफ्नो कप्तानीमा प्रश्न उठेको बताएका हुन् ।

आफ्ना दुई  खेलाडीबीचको बढ्दो दुरीले पिएसजीलाई थप समस्यमा पार्न सक्ने बताइएको छ। 

पिएसजी ५४ अंकका साथ फ्रेन्च लिग वानको शिर्ष स्थानमा  यथावत छ ।