चैत्र ६, २०८२ शुक्रबार | ०९:३७:५०
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

मेसीको सुखद बिदाईको लक्ष्यबाट चिन्तित छैन फ्रान्स

दोहा । लुसेल स्टेडियममा आज राती लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाको सामना गर्दा फ्रान्सको लक्ष्य उपाधि रक्षा गर्दै उनको सुखद बिदाईको लक्ष्यमा बाधक बन्ने रहेको छ । 

मेसीले यसअघि नै आइतबार फ्रान्सविरुद्ध हुने खेल नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने घोषणा गरिसकेका छन् । जसका कारण पनि उनी विश्वकप जित्दै सुखद बिदाईको आशमा छन ।

मेसीले क्लब फुटबलमा धेरै उपलब्धी हासिल गरे तर अर्जेन्टिनाका लागि प्रमुख प्रतियोगिताको उपाधि जित्न नसकेका भन्दै उनको निरन्तर आलोचना भैरह्यो । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेसँगै उनको आलोचना केही कम भएका थियो । समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियालाई नतिजा सुम्पिएसँगै मेसीको अन्तिम विश्वकप समूह चरणमा सीमित हुने अनुमान गरिएको थियो । तर मेक्सिको र पोल्यान्डविरुद्धको खेलमामात्र नभई अन्तिम १६ मा अस्ट्रेलिया, क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियामाथि जित निकाल्दा मेसीले प्रभावशाली प्रदर्शन गरेका थिए ।

सात पटकका बलोन डी अर विजेता मेसीले विश्वककप जितेमा उनी पेले र डिएगो म्याराडोनाजस्तै सर्वकालिन खेलाडीमा गनिनेछन् । 

यता किलियन एमबाप्पे, ओलिभर जिरौउड र एन्टोनी ग्रिजम्यानको उच्च लयले हौसिएको डिडियर डेसच्याम्प्सको टोली १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ ।

१९६२ मा ब्राजिलपछि कुनै पनि राष्ट्रले विश्वकपको उपाधि रक्षा गर्न सकेका छैनन । 

यी दुई टोलीको भिडन्तले २०१८ को रुस विश्वकपको अन्तिम १६ को झल्को दिनेछ । जुन खेल फ्रान्सले ४-३ ले आफ्नो पक्षमा पारेको थियो । 

२०१४ को ब्राजिल विश्वकपको फाइनलमा पुगे पनि जर्मनीसँग निराश भएको अर्जेन्टिना दोस्रो अवसर दिने पक्षमा छैन । 

अर्जेन्टिनाका मेसी र फ्रान्सका एमबाप्पे समान पाँच गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । गोल्डेन बुटका यी दुई दाबेदारको प्रदर्शनले यी दुई टोलीको उपाधिको बारेमा निर्धारण गर्ने पक्का छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो