चैत्र १४, २०८२ शनिबार | २२:५४:२०
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

विश्वकपका अप्रत्यासित नजिता

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत बुधबार सम्पन्न समूह ‘इ’को खेलमा चार पटकको पूर्व विजेता जर्मनी एसियाली राष्ट्र जापानसँग २-१ ले स्तब्ध भयो । अघिल्लो दिन समूह ‘सी’को खेलमा अर्को एसियाली टोली साउदी अरेबियाले दुई पटकको पूर्व च्याम्पियन अर्जेन्टिनालाई पनि त्यही नतिजामा निराश पारेको थियो ।

जर्मनी र अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलका सबै प्रतियोगितामा उपाधिका सदावाहर दाबेदार हुन् । अझ ६ पटकका बालन डी’अर विजेता लियोनेल मेसीको नेतृत्वमा रहेको दक्षिण अमेरिकी टोली अर्जेन्टिना यसपाली उपाधि जित्ने सम्भावना बोकेको सबभनदा बलियो दाबेदारका रुपमा मध्यपूर्व आइपुगेको थियो ।

तर, दुवै दाबेदार पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धीविरुद्ध नसोचेको निराशा भोग्न बाध्य भए । एसियाले दोस्रो पटक आयोजना गरेको विश्वकपमा एसियाली टोलीको उपस्थिती भने पहिलो चरणका खेल चलिरहँदासम्म उत्साहजनक रहयो ।

अल खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी स्तब्ध बनेको थियो । खेलको ३३औं मिनेटमा इके गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा केही फिलतो देखिएको जापानले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गर्दै अप्रत्यासित जित निकाल्यो । ७५औं मिनेटममा रिट्सु डोनले जापानलाई १-१ को बराबरीमा ल्याए । ८३औं मिनेटमा ताइकु आसानोले गरेको गोल निर्णायक बन्दा जापानले २-१ को रोमाञ्चक जित निकाल्यो ।

त्यस्तै, मंगलबार लुजाइल रंगशालामा साउदीले अर्जेन्टिनालाई २-१ ले हराउँदै यस्तै अप्रत्यासित नतिजा निकालेको थियो ।

कप्तान लियोनल मेसीले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए पनि  ४८औं मिनेटमा सलेह अल शेहरीले साउदीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

५३औं मिनेटमा कप्तान सलिम अल दवसारीले गोल गर्दै साउदीलाई २-१ को रोमाञ्चक जित दिलाए ।

विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा यस्ता अप्रत्यासित जित निस्किएको यो पहिलो संस्करण होइन । खासमा यस्तै अनपेक्षित नतिजाहरु नै विश्वकपको रोमाञ्चका रुपमा रहँदै आएका छन् ।

विश्वकपका केही स्मरणीय नतिजा

पूर्वी जर्मनी १-० पश्चिम जर्मनी, सन् १९७४

पश्चिम जर्मनी घरेलु भुमिकै आयोजित विश्वकप जित्दै दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा थियो । तर विश्वकपमा ‘डेब्यु’ गरेको पूर्वी जर्मनीले उसलाई स्तब्ध बनाइ दियो ।

जर्गेन स्पारवासरले निर्णायक गोल गर्दै पूर्वी जर्मनीलाई ऐतिहासिक जित दिलाएका थिए । हारका बावजुत अघि बढेको पश्चिम जर्मनी फाइनलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

अमेरिका १-० इङ्ल्यान्ड, सन् १९५०

पहिलो पल्ट विश्वकपका लागि छनोट भएको इङ्ल्यान्डलाई उच्च स्तरीय घरेलु लिग र त्यहाँका सुपरस्टारहरुले सुसज्जित टोली भएका कारण उपाधिको मुख्य दाबेदार मानिएको थियो ।

तर यही इङ्ल्यान्ड यताउताबाट एमेच्योर खेलाडीहरु जम्मा पारेर विश्वकप खेल्न पुगेको अमेरिकासँग पराजित हुन पुग्यो । बेलो होरिजोन्टेमा भएको खेलमा अमेरिकाका लागि जो गेटजेन्सले विजयी गोल गरेका थिए ।

उत्तर कोरिया १-० इटाली, सन् १९६६

अहिले फुटबलमा गुमना मजस्तै बनेको उत्तर कोरियाले कुनै बेला विश्व फुटबललाई नै तरङ्गित बनाएको थियो भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो ।

सन् १९६६ मा इङ्ल्यान्डले आयोजना गरेको विश्वकमा उसले इटालीलाई पराजित गर्दा धेरैलाई विश्वास गर्न गाह्रो भएको थियो, विशेषगरि इटालीका समर्थकलाई ।

उत्तर कोरियालाई जित दिलाउन एकमात्र गोल गर्ने खेलाडी थिए पार्क डुइ क । यो हारका कारण इटाली प्रतियोगिताबाटै बाहिरिन पुगेको थियो । उत्तर कोरिया भने त्यही जितको साहारामा अन्तिम आठको यात्रा गर्न सफल भयो । जहाँ टोली पोर्चुगलसँग ५-३ को नतिजामा पराजित भएको थियो ।

अल्जेरिया २-१ पश्चिम जर्मनी, सन् १९८२

स्पेनमा भएको विश्वकपमा अल्जेरियालाई कमजोर टोलीका रुपमा हेरिएको थियो । पहिलो पटक विश्वकपमा सहभागीता जनाइरहेको टोलीले पश्चिम जर्मनीलाई हार चखाउला भनेर कसैले कल्पना पनि गरेका थिएनन् ।  

तर, अल्जेरियाले पश्चिम जर्मनीलाई हराउँदै सबैलाई चकित बनायो ।  उसका लागि रबाह मादजर र लाख्दर बेलाउमीले गोल गरे । पश्चिम जर्मनीका लागि भने कार्ल हेन्ज रुमिङ्गेले गोल गरेका थिए ।

समूह चरणकै अर्को खेलमा पश्चिम जर्मनीले विवादास्पद रूपमा अस्ट्रियालाई १-० ले हरायो । यो नतिजापछि अस्ट्रिया र पश्चिम जर्मनी दुवै दोस्रो चरण पुगे । समान चार अंक भएका तीन टिमबीचको प्रतिस्पर्धामा गोलअन्तरमा पछि परेका कारण अल्जेरियाको यात्रा भने समूह चरणभन्दा अगाडि बढ्न सकेन ।

क्यामरुन १-० अर्जेन्टिना, सन् १९९०

डिएगो म्याराडोनाको नेतृत्वमा साविक विजेता अर्जेन्टिना इटालीमा भएको विश्वकपमा पुगेको थियो ।

चार वर्ष अघि म्याराडोनाकै उत्कृष्ट प्रदर्शनमा विश्वकप उपाधि उचालेको अर्जेन्टिना यसपाली पनि उपाधिको मुख्य दाबेदार थियो । तर, म्याराडोनाको टोलीले क्यारुनविरुद्ध अप्रत्यासित हारको सामना गर्नु पर्या्े ।

मिलानको सान सिएरोमा भएको खेलमा क्यामरुनका लागि विजयी गोल गर्ने खेलाडी थिए, फ्रान्कोइस ओमाम-बियिक । त्यस खेलको अन्त्यमा ९ खेलाडीमा सीमित बनेको क्यामरुन क्वार्टरफाइनलसम्म पुगेको थियो ।

सेनेगल १-० फ्रान्स, सन् २००२

सन् १९९८ को विश्वकप तथा सन् २००० को युरोपियन च्याम्पियनसिप विजेता फ्रान्सलाई दक्षिण कोरिया र जापानमा भएको विश्वकपमा पनि उपाधिको बलियो दाबेदार मनिएको थियो ।

तर पहिलोपल्ट विश्वकप खेलिरहेको सेनेगेलले सुरुमै फ्रान्सको चुनौतीलाई कमजोर बनाइदियो । उद्घाटन खेलमै सेनेगल उपाधि रक्षाको अभियानसहित एसिया भ्रमणमा निस्केको फ्रान्समाथि १-० को नतिजामा विजयी भयो ।

विश्वकपको आधुनिक इतिहासमै यसलाई सबभन्दा ठूलो स्तब्धतापूर्ण नतिजाका रुपमा लिइन्छ । यही हारबाट मनोबल गिरेको फ्रान्स उक्त विश्वकपमा एउटै गोल नगरि पहिलो चरणबाटै घर फर्किन बाध्य भएको थियो ।

पापा बोउबा डिओफले गरेको एउटै गोल पर्याप्त हुँदा अप्रत्यासित नजिता निस्किएको थियो ।

 

दक्षिण कोरिया २-० जर्मनी, सन् २०१८

रुसमा भएको २०१८ को विश्वकपमा दक्षिण कोरियाले साविक विजेता जर्मनीलाई पराजित गर्दा विश्व फुटबल नै आश्चर्यमा परेको थियो ।

यो हारसँगै जर्मनी सन् १९३८ पछि पहिलो पटक विश्वकपको नकआउटमा चरण्मा पुग्न असफल भयो । कोरियाका लागि किम योङ ग्वान र सन ह्युङ मिनले गोल गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो