फाल्गुन ९, २०८२ शनिबार | १८:३०:२९
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

विश्वकप जित्न रोनाल्डोलाई अन्तिम मौका

काठमाडौं । ‘पोर्चुगल र क्रिस्टियानो रोनाल्डो एकअर्काको पर्याय हुन्,’ पछिल्लो डेढ दशकयताको अन्तर्राष्ट्रिय फुटबलले यही भन्छ । रोनाल्डोलाई विश्व फुटबलले जन्माएका अहिलेसम्मकै महान फुटबलर मान्नेहरु धेरै छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी कीर्तिमानी उच्च गोलकर्ता हुन् । करियरको अन्त्यतिर रहेका म्यानचेस्टर युनाइटेडका फरवार्डका लागि कतारमा जारी विश्वकप खेलाडीका रुपमा अन्तिम हो ।

क्लब फुटबलमा सात फरक लिग उपाधि जित्नुका साथै पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचालेका रोनाल्डोले सर्वोत्कृष्ट फुटबलरले पाउने बालन डी’अर पनि पाँच पटक जितेका छन् । उनीभन्दा बढि बालन डी’अर जित्ने पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीमात्र हुन् । मेसीले यो उपाधि ६ पटक जितेका छन् ।

रोनाल्डोले क्लब स्तरमा र व्यक्तिगत स्तरमा सम्भव सबैथोक जितिसकेका छन् । पोर्चुगाली राष्ट्रिय टिमबाट उनले युरो २०१६ को उपाधि पनि जितिसकेका छन् । विश्व फुटबलमा पछिल्लो १५ वर्षदेखि राज गरिरहे पनि उनले अहिलेसम्म पोर्चुगललाई विश्वकपको उपाधि जिताउन भने सकेका छैनन् । यसअर्थमा यो विश्वकपमा पोर्चुगलको सहभागितालाई रोनाल्डोको प्रदर्शनसँग जोडेर हेर्नु सान्दर्विक हुन्छ । किनभने रोनाल्डो जस्तो खेलाडी भाग्यले मात्र पाइन्छ । सबै देशमा रोनाल्डो जन्मिदैनन् ।

कतारमा पोर्चुगलले आफ्नो आठौं विश्वकप खेल्दैछ । रोनाल्डोका लागि भने यो पाँचौ अनुभव हुनेछ । पोर्चुगलमा अहिले लुइस फिगो पुस्ता पछिकै सबैभन्दा बलियो टोली छ । पोर्चुगलसंग युरोपका शीर्ष क्लबहरुमा खेल्ने शीर्ष खेलाडीको बाहुल्य छ । टिममा रोनाल्डोसंगै रुबेन डियाज, ड्यानिलो परेरा, जोआओ क्यान्सेलो, नुनो मेन्डेज, डियोगो ड्यालोट, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, रुबेन नेभेस, डियोगो जोटा र जोआओ फेलिक्स जस्ता प्रतिभाशाली खेलाडीहरु छन् ।

सहभागी सात विश्वकपमध्ये पोर्चुगल ५६ वर्ष अगाडि उपाधिको एकदमै नजिक पुगेको थियो ।  १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकपमा टोली तेस्रो भएको थियो । १९२३ मा फिफाको आधिकारिक सदस्यता लिए पनि पोर्चुगललाई उरुग्वेमा भएको पहिलो विश्वकपमा निमन्त्रणा गरिएको थिएन । १९६६ अघिका कुनै पनि विश्वकपमा टोली छनोट हुन सकेन ।

 

१९६६ युरोपेली छनोटमा इयुसेबियोको सात गोल प्रेरणामा पोर्चुगलले चेकोस्लोभाकिया, रोमानिया र टर्की सम्मिलित समूहमा प्रथम हुँदै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गर्यो । पहिलो सहभागितामै पोर्चुगललाई अहिलेसम्मको ठूलो सफलता दिलाउने क्रममा इङ्ल्यान्डमा पनि उनको प्रभाव कायम रहयो । प्रतियोगितामा उनले कुल ९ गोल गरेका थिए ।

उनकै प्रेरणामा पोर्चुगलले पहिलो चरणमा हंगेरी, बुल्गेरिया र ब्राजिलमाथि जित हासिल गर्यो । सतप्रतिसत नतिजाका साथ अगाडि बढेको पोर्चुगलले क्वार्टरफाइनलमा प्रतियोगिताको सनसनीपूर्ण टोली उत्तर कोरियासँग ३-० ले पछि पर्नाका बावजुद इयुसेबियोको चार गोलमा उत्कृष्ट पुनरागमन जनाउँदै ५-३ को जित दर्ता गर्यो ।

सेमिफाइनलमा पोर्चुगलको भेट तत्कालीन च्याम्पियन तथा आयोजक इङ्ल्यान्डसँग २-१ ले पराजित हुँदै उपाधि दौडबाट बाहिरियो । तर तेस्रो स्थानको प्लेअफमा सोभियत युनियनलाई २-१ को नतिजामा हराएपछि टोली खाली हात फर्किनु परेन ।

इयुसेबियोले १९६६ पछि कहिल्यै अर्को विश्वकप खेलेनन् । पोर्चुगल दुई दशकसम्म विश्वकपमा छनोट हुन सकेन । तर, उनको योगदान विश्व फुटबल इतिहासमा सदैव अमर रहिरहनेछ । रोनाल्डोले चार विश्वकप खेलिसक्दा पनि उनको बराबरी गर्न सकेका छैनन् । उनी भन्दा रोनाल्डो अझै दुई गोलले पछाडि छन् ।

पहिलो विश्वकपको अनुभव बटुलेको दुई दशकपछि मात्र पोर्चुगल विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा फर्कियो ।  तर मेक्सिको १९८६ मा टोलीले आफ्नो यात्रा पहिलो चरणभन्दा माथि उठाउन सकेन । मोरक्को, इङ्ल्यान्ड र पोल्यान्ड रहेको समूहमा टोलीले एक जित र दुई बराबरी नतिजा निकालेको थियो । त्यसपछि टोली फेरि विश्वकपका तीन संस्करणलाई छनोट भएन ।

१६ वर्षपछि पोर्चुगल जापान र दक्षिण कोरियाले संयुक्त रुपमा २००२ मा आयोजना गरेको विश्वकपलाई छनोट भयो । अमेरिका, पोल्यान्ड र आयोजक दक्षिण कोरिया रहेको समूहमा परेको टोली पहिलो चरणबाटै बाहिरियो । त्यसको चार वर्षपछि जर्मन विश्वकपमा अन्तिम चारसम्मको यात्रा गरे पनि सेमिफाइनलमा फ्रान्ससँग १-० को नतिजामा पराजित भएपछि पोर्चुगल फेरि एकपटक फाइनल पुग्नबाट बञ्चित रहयो । तेस्रो स्थानका प्लेअफमा टोली आयोजक जर्मनीसँग ३-१ ले पराजित भएको थियो।

२००६ को विश्वकपपछि लुइस फिगो पुस्ताका प्रायः सबै खेलाडीले संन्यास लिए । त्यसअघि देखि नै राष्ट्रिय टिमबाट खेल्दै आए पनि २००६ पछि पोर्चुगल रोनाल्डो केन्द्रित हुन थाल्यो । सुपरस्टारका रुपमा रोनाल्डोको उदयका बावजुत पोर्चुगलले अन्तर्राष्ट्रिय फुटबलमा भने खासै प्रभाव जमाउन सकेन । २००८ को युरोमा जर्मनीसँग ३-२ ले पराजित भएको पोर्चुगल दुई वर्षपछि २०१० दक्षिण अफ्रिका विश्वकपमा स्पेनसँग अन्तिम १६ मा पराजित भयो । ब्राजिल विश्वकप २०१४ मा टोली जर्मनी, अमेरिका र घाना रहेको कठिन समूहबाट अगाडि बढ्न सकेन ।

युरो २०१६ को फाइनलमा फ्रान्सलाई १-० को नतिजामा पराजित गर्दै रोनाल्डोको पोर्चुगलले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्यो । अन्तर्राष्ट्रिय उपाधि जित्ने पहिलो पोर्चुगिज कप्तान बने पनि उनीबाट बढि आशा गरिएको विश्वकपको उपाधि भने अझै पनि पोर्चुगलले पाएको छैन ।

रुस विश्वकप २०१८ मा रोनाल्डोको ह्याट्रिक प्रेरित पोर्चुगलले स्पेनसँग ३-३ को बराबरी नतिजासहित प्रतियोगिताको सुरुआत गर्यो । दोस्रो खेलमा रोनाल्डोकै गोलमा पोर्चुगलले मोरक्कोमाथि १-० को जित हासिल गर्यो । समूहको तेस्रो खेलमा इरानलाई १-१ को बराबरीमा रोकेपछि पोर्चुगलले नकआउट चरणमा स्थान बनायो ।

तर, अन्तिम १६ मा उरुग्वेसँग २-१ ले पराजित भएपछि पोर्चुगलको यात्रामा पूर्णविराम लाग्यो । एक वर्षपछि नेदरल्यान्ड्सलाई १-० ले पराजित गर्दै युइएफए नेसन्स लिगको पहिलो संस्करणको उपाधि जित्यो । रोनाल्डोको प्रेरणामा पछिल्लो समय जितेका दुई युरोपेली स्तरका उपाधिमा टोली अर्को एउटा अन्तर्राष्ट्रिय उपाधि थप्न चाहन्छ, विश्वकपको ।

हेर्नलायक खेलाडी

क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
पछिल्लो समय खराब लयबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डोका लागि कतार विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम प्रतियोगिता हुन सक्छ ।

गत सिजन मात्रै इटालियन क्लब युभेन्टसबाट पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्केका रोनाल्डोले जारी सिजन नियमित पहिलो रोजाइबाट खेल्न पाइरहेका छैनन् । मैदान उत्रिन मौका पाएका बेला पनि गोल गर्न उनी सफल भइरहेका छैनन् । १६ खेलमा रोनाल्डोले मात्र ३ गोल गरेका छन् । जुन उनको फुटबल करियरकै सबैभन्दा कमजोर प्रदर्शन हो ।

रोनाल्डो उमेरले ३७ वर्ष पुगिसकेका छन् । पाँच पटकका बालन डी’अर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी उच्च गोलकर्ता हुन् । उनले पोर्चुगलबाट एक सय ९१ अन्तर्राष्ट्रिय खेलमा एक सय १७ गोल गरिसकेका छन् । रोनाल्डोले चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा चार गोल गरेका थिए । त्यतिबेला रोनाल्डो उत्कृष्ट लयमा थिए । सिजनको अन्त्यमा रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका उनले विश्वकपको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।

तर आज स्थिति उल्टो छ । क्लबमा प्रशिक्षकसँगको अनबनले उनको फर्म थप खस्किएको छ । तर खराब लयमै भए पनि कतार विश्वकपमा पोर्चुगलको टोलीमा रोनाल्डो नै आकर्षणको केन्द्र बन्नेछन् । उनको अनुभव पोर्चुगलको विश्वकप अभियानमा महत्वपूर्ण हुनेछ । रोनाल्डोसँगै रुबेन डियाज, जोआओ क्यान्सेलो, नुनो मेन्डेज, बर्नार्डो सिल्भाको खेल पनि हेर्नलायकको हुनेछ ।

विश्वकपमा पोर्चुगल

विरुद्ध घाना (रंगशाला ९७४)
मंसिर ८ गते, राति ९ः४५ बजे

विरुद्ध उरुग्वे ( लुसेइल आइकोनिक रंगशाला )
मंसिर १२ गते, राति १२ः४५ बजे

विरुद्ध दक्षिण कोरिया (एजुकेसन सिटी रंगशाला¬)
मंसिर १६ गते, राति ८ः४५ बजे

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||