चैत्र ५, २०८२ बिहीबार | १९:३३:०४
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड–२०८१ मा बंगलादेशका खेलकुद पत्रकार मोहम्मद हसन उल्लाह खानले एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड जितेका छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा खान एसियाको उत्कृष्ट खेलकुद पत्रकार चुनिएका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

करिब तीन दशक लामो व्यावसायिक करियरका साथ खेल पत्रकार मोहम्मद हसन उल्लाह खान, जो लोकप्रिय रूपमा राना हसन नामले चिनिन्छन्, खेलप्रेमी बंगलादेशमा केवल एक खेल पत्रकार मात्र होइनन्, उनी एक ट्रेन्ड सेटर पनि हुन्।

कलेज जीवनमा एथलेटिक्स खेलाडी रहेका रानाले सन् १९९३ मा ढाका विश्वविद्यालयबाट जनसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर पूरा गरेपछि पत्रकारितालाई आफ्नो पेशा बनाउने निर्णय गरे। बंगलादेशमा खेल पत्रकारितामा क्रान्तिकारी परिवर्तन ल्याएको श्रेय प्राप्त गरेका रानाले दुई कार्यकालमा गरी चार वर्षभन्दा बढी समय बंगलादेश स्पोट्र्स प्रेस एसोसिएसन को नेतृत्व गरेका छन्।

खेल रानाको रगतमा मात्र होइन, उनको परिवारमा पनि बगिरहेको छ। एथलेटिक्सदेखि ह्यान्डबल, हकी, फुटबल र टेबल टेनिससम्म उनले शीर्ष राष्ट्रिय लिगहरूमा खेलेको अनुभव राख्छन्। उनी ढाका विश्वविद्यालयको हकी टोलीका नियमित सदस्यसमेत थिए। रानाकी पत्नी राशिदा अफजलुन नेसा राष्ट्रिय महिला ह्यान्डबल टोलीकी पूर्व कप्तान हुन् भने उनकी छोरी राबीद हसन खान विद्यालयस्तरकी पूर्व ह्यान्डबल खेलाडी हुन् ।

‘डेली मानव–जमिन’ बाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका रानाले रेडियो र टेलिभिजनसहित सबै प्रकारका सञ्चार माध्यममा काम गरेका छन्। हाल उनी ‘डेली कालबेला’ का खेल सम्पादकका रूपमा कार्यरत छन्।

करिब तीन दशक लामो आफ्नो पत्रकारिता करियरमा रानाले ओलम्पिक, फिफा विश्वकप, आईसीसी क्रिकेट विश्वकप, एसियाली खेलकुद, कमनवेल्थ गेम्स र दक्षिण एसियाली खेलकुद जस्ता विश्वका प्रमुख खेलकुद प्रतियोगिताहरू कभर गरेका छन्।

उदीयमान खेलाडीबाट खेल पत्रकार बनेका र पछि बंगलादेशी खेल पत्रकारितामा एक प्रतिष्ठित व्यक्तित्वका रूपमा स्थापित भई यो विधालाई पुनर्परिभाषित गर्न उल्लेखनीय योगदान पु¥याएका मोहम्मद हसन उल्लाह खान उर्फ राना हसनलाई नेपाल खेल पत्रकार मञ्च पल्सर एसियाली खेल पत्रकार पुरस्कार २०२५ द्वारा सम्मानित गरेको छ। 
 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।