पुस १२, २०८२ आइतबार | १७:४५:००
माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ

पत्रकार सम्मेलनमा मञ्चका वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली, महासचिव अञ्जन खड्का, अध्यक्ष निरञ्जन अधिकारी र मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी (बायाँबाट) । तस्विरः नेपाल खेलकुद पत्रकार मञ्च

काठमाडौं ।  जेन जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते पोखरामा आयोजना हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय गरेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा अवार्ड स्थगित हुन पुगेको थियो । यसैगरी स्पोर्ट्स अवार्डमा यति एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए ।

यति एयरलाइन्सले अवार्डमा सहभागि हुने मनोननयमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मञ्चका महासचिव अञ्जन खड्काले भने, ‘विगतमा पिपल्स च्वाइसको मनोनयन रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए । त्यहींबाट भोटिङ प्रकृया फेरि सुरु हुनेछ ।’ यस विधाको प्रतिस्पर्धा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

स्पोर्ट्स समिट हुने 
स्पोर्ट्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर््स समिट हुनेछ ।  

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायनमान बनाउन स्पोर्ट्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराए ।

अवार्डका अन्य विषयहरू यथावत रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ । गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरुप सहकार्य हुने नै छ । पोखरा महानगरपालिकाले अवार्डमा सहकार्य गर्नेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ ।

त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आईएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बाग्मती प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड र आईएमई हस्पिटालिटी पनि पार्टनरको रूपमा रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयां  प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I