चैत्र ५, २०८२ बिहीबार | १९:३९:३५
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

१४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीले ब्याडमिन्टन, उशु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइबिङ र स्विमिङका १४ खेलाडीलाई लस एन्जलस ओलम्पिक, आइची नागोया एसियन गेम्स र युथ गेम्सको लागि छात्रवृत्ति दिने खेलाडी तथा परिवार र सम्बन्धित संघसंग सम्झौता गरेको हो ।

लस एन्जलस ओलम्पिकको लागि आठ खेलाडीमा ब्याडिन्टनका प्रीन्स दाहाल, साइकलका उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट्स क्लाइबिङकी तेन्जिङ राई र स्विमिङकी एर्भिन श्रेष्ठ छन् । उनीहरुले संघमार्फत हरेक चौमाषिकमा अमेरिकी डलर ११ सय २५ पाउनेछन् ।

त्यस्तै, आइची नागोया एसियन गेम्सको लागि पाँच खेलमक आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्र बहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उशुकी सुस्मिता तामाङ छन् ।

यस्तै, युथ ओलम्पिक गेमको लागि उशुकी रश्मि तामाङ छनोट भएका छन् ।  एसियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने ५० हजार रुपैया पाउने अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराएका छन् । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।