माघ ८, २०८२ बिहीबार | ०६:१९:०८
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

अवार्डको होटल पार्टनरमा मझेरी

सम्झौतापत्र आदानप्रदान गर्दै मञ्च तथा मझेरी रिसोर्टका पदाधिकारीहरु । तस्बिर सौजन्यः एनएसजेएफ

काठमाडौं । यही महिनाको अन्त्यमा हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको अवार्ड पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।

आधिकारिक होटल पार्टनर सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरे । सम्झौताअनुसार अवार्ड दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध मझेरी रिसोर्टले गर्नेछ ।

मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमासेवा दिन पाउनु हाम्रा लागि गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । त्यसमा मझेरीको विशेष साथ रहने विश्वास दिलाउन चाहन्छु ।’

खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई एकै थलोमा सम्मान गर्ने अवार्डमा १० विधा समावेश रहेको आयोजक मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराएका छन् । जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate