चैत्र ५, २०८२ बिहीबार | १९:३५:१५
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

अवार्डको होटल पार्टनरमा मझेरी

सम्झौतापत्र आदानप्रदान गर्दै मञ्च तथा मझेरी रिसोर्टका पदाधिकारीहरु । तस्बिर सौजन्यः एनएसजेएफ

काठमाडौं । यही महिनाको अन्त्यमा हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अफिसियल होटल पार्टनरमा मझेरी रिसोर्ट तथा स्पासँग प्रायोजन सम्झौता गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको अवार्ड पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो ।

आधिकारिक होटल पार्टनर सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरे । सम्झौताअनुसार अवार्ड दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध मझेरी रिसोर्टले गर्नेछ ।

मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमासेवा दिन पाउनु हाम्रा लागि गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । त्यसमा मझेरीको विशेष साथ रहने विश्वास दिलाउन चाहन्छु ।’

खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई एकै थलोमा सम्मान गर्ने अवार्डमा १० विधा समावेश रहेको आयोजक मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराएका छन् । जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश छन् ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।