मंसिर २३, २०८२ मंगलबार | ११:१६:५६
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

खेलाडीको यात्रा पाँचौं वर्षमा

ठिक चार वर्षअघि नेपालमा खेलकुद पत्रकारितालाई मूलधार पत्रकारिताको रूप दिने उद्देश्यसहित यात्रा शुभारम्भ गरेको ‘खेलाडी डटकम’ले पाँचौं वर्ष टेकेको छ । पछिल्ला चार वर्षमा हामीले आफ्ना प्रिय पाठक र दर्शक तथा विज्ञापनदाताबाट असिम माया पाएका छौं । जसलाई हामीले निक्कै जतनसाथ संगालेर राखेका छौं । किनकी ‘खेलाडी डटकम’ को वास्तविक सम्पत्ति भनेको त्यही हो ।

व्यावसायिक कर्तव्य, सत्यतथ्य, निष्पक्षजस्ता पत्रकारिताका स्थापित मूल्य/मान्यतालाई पथप्रदर्शक मान्दै पाइला सुरु गरेको खेलाडीका लागि पक्कै पनि वितेको चार वर्ष सहज थिएन । कोभिड १९ को महामारीले पूरा विश्वलाई स्थिर बनाएको थियो । अन्य क्षेत्रजस्तै खेलकुद पनि तहसनहस थियो । मानिससँग मानिस भाग्ने समय थियो । त्यस्तो बेला हामीले भने बडो जोखिमका साथ एउटा गतिसिल यात्राको थालनी गरेका थियौं । यस्तो यात्रा जसको गन्तव्य मुल्य/मान्यताहरुलाई व्यवहारमा स्थापित गर्नु थियो ।

सभ्य समाजका लागि खेलकुदको महत्व ठूलो हुन्छ । खेलकुद स्वास्थ्यको पर्यायमात्र नभई मनोरञ्जन, शिक्षा, व्यापार, उद्योग, विज्ञान अरु धेरै कुरा हो । खेलकुद त देशको मुहार नै हो । अनि समग्रमा चाँही खेलकुद भनेको खेलाडी हो । नेपाली समाजमा खेलकुदको यो बहुआयामिक महत्व स्थापित गर्ने प्रतिबद्धता थियो ।

कोभिड केही समयपछि बिदा भयो । तर आफू बिदा भइरहँदा कोभिडले दीर्घकालसम्म असर पर्ने गरी आर्थिक मन्दीको प्रभाव छोडेर गयो । विश्वको राजनीति बदलिँदो थियो । त्यसका दुष्प्रभाव नेपालजस्तो सानो अर्थतन्त्रमा भर्खर पाइला सुरु गरेको सञ्चार गृहमा पर्नु नै थियो । समग्रमा वितेका चार वर्षको कालखण्ड आफैमा एउटा ठूलो चुनौती थियो ।

पत्रकारिताको मूल्य र मान्यता जोगाउँदै ‘डिजिटल जर्नालिजम’ को फराकिलो राजमार्गमा सवार हुन थाल्दा हामीलाई ‘पत्रकारिता क्षेत्रको यो विशाल भुमरीमा आफूलाई कसरी उभ्याउने ?’ भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण थियो । अझ एउटा विधागत सञ्चारमाध्यमको थालनी गर्दै गरेको अवस्थामा यो प्रश्न झन गहकिलो बन्नु स्वभाविक थियो ।

प्रविधिको विकाससँगै समाजमा पक्कै पनि चुनौतीहरु थपिएका छन् । सामाजिक सञ्जाल त्यसको एउटा रुप हो । समाज सामाजिक सञ्जालको कैदमा परिसकेको भान भइरहँदा त्यसको रापले सबभन्दा बढि पोलेको भनेकै पत्रकारितालाई हो । सामाजिक सञ्जालका माध्यमले धेरैभन्दा धेरै पाठक/दर्शककहाँ पुग्ने नाममा पत्रकारिता रुमल्लिइरहेको छ । क्लिक, भ्युज, लाइक र सब्सक्राइबको अनुरोध बोकेका कमसल सामग्री इन्टरनेटमा बग्रेल्ती छरिँदै छन् । यसबाट खेलाडी डटकम सचेत छ । त्यसैले त खेलाडी डटकम क्लिक, भ्युज, लाइक र सब्सक्राइबर गन्दैन । दर्शक÷पाठकका आलोचनात्मक सुझावहरू मात्र खेलाडीको गन्तीमा पर्छन ।

तर हामीसँग ती तमाम चुनौतीभन्दा कैयौं ठूलो प्रतिबद्धता थियो । नेपाली खेलकुद र पत्रकारितामाथिको जिम्मेवारीबोध थियो । नेपाली खेलकुदको वास्तविक बहुआयाम उजागर गर्ने उद्देश्यमा खरो उत्रिनु थियो ।

सभ्य समाजका लागि खेलकुदको महत्व ठूलो हुन्छ । खेलकुद स्वास्थ्यको पर्यायमात्र नभई मनोरञ्जन, शिक्षा, व्यापार, उद्योग, विज्ञान अरु धेरै कुरा हो । खेलकुद त देशको मुहार नै हो । अनि समग्रमा चाँही खेलकुद भनेको खेलाडी हो । नेपाली समाजमा खेलकुदको यो बहुआयामिक महत्व स्थापित गर्ने प्रतिबद्धता थियो ।

हाम्रो मुल्य/मान्यताप्रेरित पत्रकारिता गर्ने उदघोषमा खरो उत्रनका लागि हामीलाई आदरणीय दर्शक/पाठक, विज्ञापनदाता अनि नेपाली खेलकुद क्षेत्रका सबै सरोकारवालाको गहिरो विश्वासले ठूलो सहयोग पुगेको छ । त्यसका लागि हामी हाम्रा श्रद्धेय दर्शक/पाठक, विज्ञापनदाता र खेलकुदका सरोकारवालाहरूप्रति कृतज्ञ छौं ।

यही कारण ‘खेलकुद भनेकै खेलाडी, खेलाडी भनेकै खेलकुद’ भन्ने मूलमन्त्र बोकेर नेपाली खेलकुदको श्रीवृद्धिमा आफूलाई पूर्णतः समर्पित गर्नुपर्ने उद्देश्यमा हामी सधैं अविचलित रहयौं । हामीले खेलाडी यात्रा शुभारम्भ गर्दा नै भनेका थियौं, ‘हामी अभाव, दबाब र प्रभावको पत्रकारिता गर्दैनौं ।’ यो मुलमन्त्र आज पनि हाम्रो मुख्य मार्गदर्शक हो ।

खेलकुदको फराकिलो स्वरुपलाई नियतवश वा अञ्जानमा छोपेर यसलाई आफ्नो सम्भावनाबाट च्युत गर्ने प्रयास जिम्मेवार निकाय र व्यक्तिहरूबाटै लामो समयदेखि भइरहेको तथ्य पनि सबैसामु प्रस्ट नै छ । खेलकुद क्षेत्रका यी बहुआयामिक चरित्र उजागर गर्ने प्रयास थालिरहँदा त्यस्तो भनाइ आत्मघाती हुनसक्ने सत्य पनि हामीलाई थाहा थियो ।

सँगै हामीलाई आफ्नो इमानदार र प्रतिबद्ध प्रयासमा पाठक/दर्शक तथा विज्ञापनदाता र नेपाली खेलकुदका अन्य सरोकारवालाबाट गँठिलो साथ र सहकार्य मिल्ने पनि विश्वास थियो । त्यसैले त हामी आज चुनौती नै चुनौती भरिएको यात्रामा चार वर्षको उकाली ओराली पार गर्दा गर्व गर्ने अवस्थामा उभिएका छौं ।

खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं । त्यो जिम्मेवारी ‘खेलाडी डटकम’ ले सधैं इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।

हाम्रो मुल्य/मान्यताप्रेरित पत्रकारिता गर्ने उदघोषमा खरो उत्रनका लागि हामीलाई आदरणीय दर्शक/पाठक, विज्ञापनदाता अनि नेपाली खेलकुद क्षेत्रका सबै सरोकारवालाको गहिरो विश्वासले ठूलो सहयोग पुगेको छ । त्यसका लागि हामी हाम्रा श्रद्धेय दर्शक/पाठक, विज्ञापनदाता र खेलकुदका सरोकारवालाहरूप्रति कृतज्ञ छौं ।

‘खेलाडी डटकम’ ले सुरुदेखि नै खेलकुदको बहुआयामिक महत्वको प्रवद्र्धन गर्ने प्रयासस्वरुप ताजा समाचार अपडेटसँगै नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद र खेलकर्र्मीका विषयमा नियमित गहन स्टोरीहरू पस्कँदै आएको छ । सप्ताहन्तमा बिदाको दिन ‘लिजर रिडिङ’ को रूपमा हामीले दिँदै आएको ‘शनिबारको दिन’ त्यही प्रयास हो ।

खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं । त्यो जिम्मेवारी ‘खेलाडी डटकम’ ले सधैं इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।

एउटा संस्थाका लागि चार वर्षे यात्रा भनेको सुरुआतमात्र हो । यही सुरुआती ऊर्जाले सयौं वर्षसम्म विधागत पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासमा सहयोगी भूमिका खेल्नुपर्नेछ । आफ्ना मुल्यमान्यतामा विचलित नभई गरेका यी चार वर्षका गौरवमय पत्रकारिता यात्राले हामीलाई खोजेजस्तै आत्मसन्तुष्टि दिएको छ । यसको स्रोत यही यात्राले कमाएको खेलाडी र खेलकर्मीको विश्वास हो । आदरणीय पाठक, स्रोता, दर्शक र विज्ञापनदाताहरुले दर्शाएको माया र विश्वास हो । खेलाडी डटकमसँग गरेको आशा हो, भर हो ।

यसकारण हामी पाँचौं वर्षमा पाइला हालिरहँदा धेरै खुसी छौं । उत्साही छौं । र, यही उत्साह आदरणीय पाठक, स्रोता, दर्शक र विज्ञापनदाता, खेलाडी तथा खेलकर्मीहरुसँग बाँड्न चाहन्छौं । अनि फेरि पनि दोहोर्याएरै भन्न चाहन्छौं, स्थापनाकालदेखिका आफ्ना मूल्य मान्यतामा कत्ति पनि विचलित नभई खेलाडी डटकमले आगामी दिनमा आफ्नो यात्रा अगाडि बढाइरहने छ । हामीप्रति तपाईंहरूले देखाउनुभएको अगाध माया, आशा, विश्वास र भरलाई अनन्तकालसम्म कायम राख्नेछौं ।

अजय फुयाल

प्रबन्ध सम्पादक


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas