पुस २८, २०८२ मंगलबार | ०६:४४:५५
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

पोखरा । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसियल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरूङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई वटा क्लबलाई प्रदान गरेका छन् ।

हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरूङले अवार्डबाट प्राप्त नगद रु १ लाख दुई क्लबलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उनले सहारा क्लबको आसन्न २५औं आहा रारा पेाखरा  गोल्डकपका लागि नगद रु ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसियसनका अध्यक्ष डम्बरजङ गुरूङलाई नगद रु ५० हजार हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेबी गुरूङले पोखराको फुटबल विकासमा दुबै क्लबहरुको योगदान महत्वपूर्ण रहेकोले थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए । उनले भने–“तपाई दुबै क्लबहरु गण्डकीको शान हो । यहाँहरुले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनिय छ । अब यहाँहरु दुबै क्लब अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढनुस । पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरूङले सहयोगका लागि आभार व्यक्त गरे ।

सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरूङ, सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, एलजी एशोसियसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||