फाल्गुन ११, २०८२ सोमबार | ०२:१४:५६
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर

काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड २०८१ मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ट्रेलब्लेजर अफ दी इयर घोषित भएकी छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा पारा खेलबाट विश्वमा नेपालको नाम फैल्याएको गौरवसहित मञ्चले यो अवार्डबाट पलेशालाई सम्मानित गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

पलेशा र पारा तेक्वान्दोका कथा

सन् १९६४ को टोकियो ओलम्पिकबाट शुरु भएको नेपालको ६ दशक लामो यात्रामा झन्डै १ सय खेलाडीले यो खेलकुम्भमा सहभागि भइसके ।

सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दो विधान लामाले काश्य पदक जितेर तहल्का मच्चाए। तर प्रदर्शन खेलका कारण उनको पदकको आधिकारिक गणना भएन । वैकुण्ठ मानन्धरले ४ ओलम्पिक खेलेर इतिहास रचे ।

सन् २००४ को एथेन्स ओलम्पिकमा संगिना वैध्य छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी बनिन् । त्यसलाई पछ्याउँदै बेइजिङ ओलम्पिकमा तेक्वान्दो कै दीपक विष्ट र पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्न सफल भए । यी उपलब्धि गनिरहँदा ओलम्पिक पदक जित्ने नेपालको सपना भने अधुरै थियो ।

सन् २००४ बाट शुरु भएको पारा ओलम्पिकको इतिहास त झनै छोटो छ । तर नयाँ इतिहास रच्ने काम भने पारा ओलम्पिक खेलाडीले गर्न सके ।

पारा ओलम्पिक गेम्सबाट नेपाललाई ऐतिहासिक पदक दिलाउने पात्र हुन् पलेशा गोवर्धन ।

गतवर्ष पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरीको ५७ केजी मुनि तौलमा कांस्य पदक जितेकी हुन् ।

गृष्मकालिन, शितकालिन ओलम्पिक होस् वा पारा ओलम्पिक, कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडीको कहिले नमेटिने इतिहास नेपाली खेलकुदमा पलेशा गोवर्धनको नाममा बनेको छ ।

यसअघि पारा एसियन गेम्समा पनि पलेशाले यस्तै इतिहास रचेकी थिइन्। इतिहास माथि इतिहास रच्दै नेपाली खेलकुद क्षेत्रमा सुपरस्टार को छवी बनाएकी पलेशाको अबको लक्ष्य हो – पारा ओलम्पिकमा स्वर्ण जित्नु ।

उनको यो सपना साकार होस् भन्ने शुभकामना सहित नेपाली खेलकुदमा सफलताको नयाँ गोरेटो कोर्ने पलेशा गोवर्धनलाई नेपाल खेलकुद पत्रकार मञ्चले उच्च सम्मान स्वरुप ट्रेलब्लेजर एथलेट चुनेको हो ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||