पुस २४, २०८२ शुक्रबार | ००:४८:१७
‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक

तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर

काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड २०८१ मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ट्रेलब्लेजर अफ दी इयर घोषित भएकी छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा पारा खेलबाट विश्वमा नेपालको नाम फैल्याएको गौरवसहित मञ्चले यो अवार्डबाट पलेशालाई सम्मानित गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।

पलेशा र पारा तेक्वान्दोका कथा

सन् १९६४ को टोकियो ओलम्पिकबाट शुरु भएको नेपालको ६ दशक लामो यात्रामा झन्डै १ सय खेलाडीले यो खेलकुम्भमा सहभागि भइसके ।

सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दो विधान लामाले काश्य पदक जितेर तहल्का मच्चाए। तर प्रदर्शन खेलका कारण उनको पदकको आधिकारिक गणना भएन । वैकुण्ठ मानन्धरले ४ ओलम्पिक खेलेर इतिहास रचे ।

सन् २००४ को एथेन्स ओलम्पिकमा संगिना वैध्य छनोट चरण पार गर्ने पहिलो नेपाली खेलाडी बनिन् । त्यसलाई पछ्याउँदै बेइजिङ ओलम्पिकमा तेक्वान्दो कै दीपक विष्ट र पेरिस ओलम्पिकमा टेबल टेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्न सफल भए । यी उपलब्धि गनिरहँदा ओलम्पिक पदक जित्ने नेपालको सपना भने अधुरै थियो ।

सन् २००४ बाट शुरु भएको पारा ओलम्पिकको इतिहास त झनै छोटो छ । तर नयाँ इतिहास रच्ने काम भने पारा ओलम्पिक खेलाडीले गर्न सके ।

पारा ओलम्पिक गेम्सबाट नेपाललाई ऐतिहासिक पदक दिलाउने पात्र हुन् पलेशा गोवर्धन ।

गतवर्ष पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ क्याटेगोरीको ५७ केजी मुनि तौलमा कांस्य पदक जितेकी हुन् ।

गृष्मकालिन, शितकालिन ओलम्पिक होस् वा पारा ओलम्पिक, कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडीको कहिले नमेटिने इतिहास नेपाली खेलकुदमा पलेशा गोवर्धनको नाममा बनेको छ ।

यसअघि पारा एसियन गेम्समा पनि पलेशाले यस्तै इतिहास रचेकी थिइन्। इतिहास माथि इतिहास रच्दै नेपाली खेलकुद क्षेत्रमा सुपरस्टार को छवी बनाएकी पलेशाको अबको लक्ष्य हो – पारा ओलम्पिकमा स्वर्ण जित्नु ।

उनको यो सपना साकार होस् भन्ने शुभकामना सहित नेपाली खेलकुदमा सफलताको नयाँ गोरेटो कोर्ने पलेशा गोवर्धनलाई नेपाल खेलकुद पत्रकार मञ्चले उच्च सम्मान स्वरुप ट्रेलब्लेजर एथलेट चुनेको हो ।
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA