माघ ६, २०८२ मंगलबार | २०:३७:२६
एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी

एन्फाको चुनावी कार्यक्रम स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको अर्ली इलेक्सनका सबै प्रक्रिया निर्वाचन समितिले स्थगित गरेको छ ।

उच्च अदालत पाटनको अन्तरिम आदेशका आधारमा निर्वाचनका सबैखाले प्रक्रिया अनिश्चित कालका लागि रोकिएको निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले मंगलबार जनाएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को मिति २०८२–१०–२८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धमा श्री उच्च अदालत पाटनबाट मिति २०८२–१०–०४ गते निर्वाचन सम्बन्धि प्रकृया यथास्थितीमा राख्नु भनि जारी भएको अन्तरिम आदेशको म्याद सूचना मिति २०८२–१०–०६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले मिति २०८२–१०–०६ गतेदेखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,’ निर्वाचन समितिका सदस्यसचिव ओलीद्धारा मंगलबार जारी सूचनामा भनिएको छ ।

आगामी २०८३ असार ४ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ गते झापामा अर्ली इलेक्सन गर्ने निर्णय गरेको थियो ।

चार वर्षअघि पंकज विक्रम नेम्वाडको अध्यक्षतामा प्यानल नै निर्वाचित भए पनि केही दिनमै आपसमा फुट आएपछि उनको कार्यकाल सुरुदेखि नै आन्तरिक विवाद र शक्ति संघर्षका कारण संकटमा छ । जसका कारण मैदानमा फुटबलका गतिविधि सुन्य छन् भने एन्फा नेतृत्व चर्को आलोचनाबीच घेरिएको छ ।

यही कारण एन्फा नेतृत्वले जिल्ला फुटबल संघको नयाँ निर्वाचन नगरि पुरानै प्रतिनिधिबाट चुनाव गराएर आगामी चार वर्षका लागि अनुमोदित हुने योजना बनाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र अदालतले जिल्लाको चुनाव नगरि केन्द्रिय निर्वाचन गर्ने एन्फाको योजनामा तगारो हाले पनि नेतृत्वले भने त्यसलाई अटेर गर्दै चुनावी प्रक्रिया एकलौटी तरिकाले अगाडि बढाइरहेको छ ।

सरोकारवालाहरुको विरोधपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पहिला जिल्लाको चुनाव गराएपछि मात्र केन्द्रिय निर्वाचन गराउनु भनेर निर्देशन दिएको थियो ।

तर एन्फाले राखेपको निर्देशन समेत अटेर गरेपछि गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले गएको पुष २५ गते पाटन उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

२०७९ सालमा जिल्लाको चुनावबाट चार वर्षका लागि केन्द्रिय साधारणसभामा प्रतिनिधित्वको अधिकार लिएका प्रतिनिधिलाई आगामी कार्यकालका लागि समेत मताधिकार दिँदा आफ्नो अधिकार बञ्चित भएको जिकिरका साथ एन्फाको माघ २८ मा हुने भनिएको चुनाव रोक्ने माग गर्दै खत्रीले मुद्धा दायर गरेका थिए ।

खत्रीको मुद्धामाथि सुनुवाई गर्ने क्रममा पाटन उच्च अदालतले पुष २८ गते अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै चुनावी प्रक्रिया स्थगन गरेको थियो ।

सुरुमा अदालतको म्याद बुझ्न अस्विकार गर्दै गरे पनि महासचिव किरण राईले पुष ३० गते पत्र बुझेका थिए । तथापि एन्फाले निर्वाचनका कार्यक्रमहरु भने सुचारु नै गरेको थियो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्यद्धय रुपेश अधिकारी र रविन्द्र चन्दले पनि उच्च अदालतमा निर्वाचन समितिलाई समेत विपक्षी बनाएर मुद्धा दायर गरेका थिए ।

एन्फा पदाधिकारीहरुकै मुद्धामा पनि सुनुवाई गर्ने क्रममा उच्च अदालतले माघ ४ गते निर्वाचनका कार्यक्रम तत्काललाई रोक्न आदेश दिएको थियो । अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषदको निर्देशनलाई अटेर गर्दै चुनावी प्रक्रिया एकलौटी रुपमा अगाडि बढाउने क्रममा एन्फाले माघ ३ गते उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको थियो । जहाँ वर्तमान अध्यक्ष नेम्वाङ र वर्तमान उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

अमित खत्रीको मुद्धामा प्रारम्भिक सुनुवाई गर्ने क्रममा अदालतले निर्वाचनका सबै प्रक्रिया तत्काल स्थगत गर्दै छलफलका लागि एन्फालाई माघ ६ गते (आज मंगलबार) बोलाएको थियो ।

खत्रीको मुद्धामा अदालतले माघ ११ गतेसम्मका लागि सुनुवाई स्थगित गरेको थियो । निर्वाचन समितिलाई नै विपक्षी बनाएकोले निर्वाचन समितिले मानहानी बेहोर्नुपर्ने भयले गर्दा निर्वाचन कार्यक्रम स्थगित गरेको एन्फाका एक पदाधिकारीले खेलाडी डटकमलाई बताए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate