फाल्गुन १, २०८२ शुक्रबार | १०:३१:२६
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म हुने साफ महिला यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मंगलबार सुमन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टिमले १७ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

गत पुस १८ गते ६७ सदस्यीय प्रारम्भिक टोली तयार पारिएको थियो । पुस २० र २१ गते दुई दिनको छनोटपछि दोस्रो चरणका लागि ४९ खेलाडी छानिए । दोस्रो चरणको छनोट चार दिन चल्यो । त्यसपछि फाइनल चरणका लागि ३५ सदस्यीय टोली बन्द प्रशिक्षणमा बसेका थिए ।

श्रेष्ठको अन्तिम टोलीमा अटाएका ६ खेलाडीसँग अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छैन । बाँकी सबैले अन्तर्राष्ट्रिय एक्सपोजर पाइसकेका छन् । टोलीमा गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ एसियन कप छनोट खेलेका १२ जना खेलाडी छन् । त्यस्तै यु-१५ देखि नेपालको जर्सी लगाउँदै आएका सेन्ट्रल मिडफिल्डर सुशिला केसी, अट्याकिङ मिडफिल्डर सेनु परियार, फरवार्ड वर्षा ओली र सेन्टरब्याक माया मास्केले लगातार तेस्रोपटक माथिल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा स्थान बनाएका छन् ।

यी चार खेलाडीले छैटौं पटक उमेर समूहमा देशको प्रतिनिधित्व गर्दै छन् । साफबाहेक यी खेलाडीले एएफसी यु-१७/२० छनोट प्रतियोगिता पनि खेलेका थिए । यु–२० खेलिसकेका चार खेलाडीलाई टिममा राख्न पाउने नियम रहेका कारण सुशिला, सेनु, माया र वर्षाले फेरि एकपटक माथिल्लो उमेर समूहमा देशको प्रतिनिधित्व गर्ने सौभाग्य पाएका हुन् ।

नेपालको पहिलो खेल भारतसँग
आजै साफले  चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।

दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी  ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् ।

सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।

यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।

माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026