फाल्गुन १, २०८२ शुक्रबार | ०९:४१:५५
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा मंगलबार सम्पन्न दुबै खेल बराबरीमा सकिएको छ ।

दिनको पहिलो खेलमा चित्लाङ एफसीले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेल्यो । दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । दुबै खेल सातदाबोटोस्थित एन्फा मुख्यालय मैदानमा भएको हो ।

म्याथिउ बाबाटुण्डेको गोलमा चित्लाङले ४१औं मिनेटमा पुलिसविरुद्ध सुरुआती अग्रता लिएको थियो । निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा लछुमान रानामगरले आत्मघाती गोल गर्दा चित्लाङले दुई अंक गुमायो ।

लिगमा पुलिसको यो पहिलो अंक हो । पहिलो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडसँग १–० को हार बेहोरेको थियो । चित्लाङले यसअघि नव जनजागृति क्लबलाई २–१ ले हराएको थियो ।

आफ्नो पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबमाथि ५-० को फराकिलो जित हासिल गरेको आर्मीले मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

लिगमा बुधबार कुनै पनि खेल हुने छैनन् ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026